वैद्य माओवादीमा क्रान्तिकारी ध्रुवीकरण

krantikari-maoistकाठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा क्रान्तिकारी ध्रुवीकरण बढ्दै गएको छ । विभिन्न माओवादीमा रहेका क्रान्तिकारीहरु क्रान्तिकारी माओवादीमा ध्रवीकरण हुन थालेको छ ।
बादलसँगै माओवादी केन्द्रमा गएका माकेका केन्द्रीय सल्लाहकार हेमन्त पोखरेलसहित सुनसरी जिल्लाका ११ जना पार्टी परित्याग गरी पुनः क्रान्तिकारी माओवादीमै संगठित भएका छन् । माके परित्याग गर्दै क्रान्तिकारी माओवादीमा संगठित उनीहरुलाई क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले स्वागत गरेका छन् ।
सिंगो पार्टी क्रान्तिकारी माओवादीमा समाहित
झापा, मोरङ् र सुनसरीलाई आफ्नो कार्यक्षेत्र वनाएर आफ्नो सांगठनिक गतिविधि गरिरहेको नेकपा माओवादी (क्रान्तिकारी) नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित भएको छ । सुनसरीको ईटहरीमा पत्रकार सम्मेलन गर्दै सो पार्टी समाहित भएको घोषणा गरेको नेता सीपी गजुरेलले जानकारी दिए ।
सो कार्यक्रममा नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव आकाश, केन्द्रीय सदस्यहरु डा.सुरेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो । हाल सो पार्टीमा ३१ केन्द्रीय सदस्य र करिव ५०० संगठित कार्यकर्ता क्रियाशील रहेको महासचिव आकासले जानकारी गराए ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) का वरिष्ठ केन्द्रीयकायालय सदस्य सीपी गजुरेल, कोचिला राज्यका संयोजक केदार गुरागाईँ, देशभक्त जनगणतान्त्रिक मोर्चाका कोचिला राज्य संयोजक मनोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी मोरङ्को कसेनी, घम्पालमा भएको कार्यक्रममा माओवादी केन्द्र वनिगामा गाउ कमिटी क्रान्तिकारी माओवादीमा प्रवेश गरेको छ । गाउ सेक्रेटरी धिरेन चौधरी सहित ९ जनाको गाउ समिति एक कार्यक्रममार्फत पार्टी प्रवेश गरेको हो । प्रवेशीहरुलाई गजुरेलले अविर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै गजुरेलले माओवादी केन्द्रले नेपालमा प्रतिक्रान्ति गरेको वताए । माओवादी केन्द्रका नेतृत्व पुष्पपकमल दाहालले अहिले माओवादी आन्दोलन दुईमा विभाजन भएको गजुरेलले बताए । एउटा माओवादी आन्दोलन र अर्कोले प्रतिक्रान्तिको नेतृत्व गरेको उनको भनाइ छ । सिक्किमिकरणको नेतृत्व पनि त्यहि माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले गरेको उनले आरोप लगाए ।
माओवादी केन्द्र प्रतिक्रियावादी कित्तामा गइसकेको भन्दै नेता गजुरेलले विभिन्न पार्टीमा रहेका क्रान्तिकारीहरु, देशलाई माया गर्नेहरुबीचको एकता र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताए ।