काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मालाई पितृशोक परेको छ । काभ्रे जिल्लाको माझीखेदा निवासी नेता शर्माका बुवा नरहरि चौलागाईंको ८४ वर्षको उमेरमा आकस्मिक रुपमा निधन हुन पुगेको छ । चौलागाईको मंसिर २२ गते राती उपचारको क्रममा निधन भएको हो ।