काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’का बुवा काभ्रे जिल्लाको माझीखेदा निवासी नरहरि चौलागाईको ८४ वर्षको उमेरमा आकस्मिक रुपमा २२ गते राती भएको निधनले दुखित् तुल्याएको भन्दै मृतक चौलागाईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले बिहिबार जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “पार्टी समर्थक तथा शुभचिन्तक रहिआउनु भएका नरहरिले नेपाली कम्युनिस्ट आन्दोलनसहित माओवादी जनयुद्धमा पनि राम्रो सहयोग पु¥याउनु भएको थियो । वहाँको निधनले हामीदुःखितभएका छौं । हाम्रो पार्टीका शुभेच्छुक नरहरिप्रतिहामी भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दछौं । साथै, वहाँको यस दुःखद् निधनबाट शोकाकूल बनेका वहाँका परिवारजनप्रति पनि हामी हार्दिक समवेदना व्यक्त गर्दछौं ।”