pakistan-plane-l

काठमाडौं । चालकदलसहित ४७ यात्रु बोकेर उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ ।

पाकिस्तान एयरलाइन्सले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “फ्लाइट पीके–६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको केही समयमै सम्पर्कबिच्छेद् भएको र दुर्घटनामा परेको छ ।”

उक्त विमान स्थानीय समयअनुसार अपरान्ह ३ः४० चित्रालबाट उडेको थियो भने ४ः१५ बजे सम्पर्कबिच्छेद भएको थियो ।

बिमानमा ३१ पुरुष, ९ महिला र २ बालबालिका रहेको एयरलाईन्सले जनाएको छ । जसमधये ३ जना विदेशी नागरिक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बिमानमा पाकिस्तानमा ख्यातीप्राप्त गायक जुनैद जम्सेद र उनकी श्रीमति समेत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर