काठमाडौं । प्रचण्डले जे गरे पनि चमत्कार गरेको देख्ने प्रचण्ड भक्तजनहरुका लागि प्रचण्डले गरे फेरि अर्को चमत्कार २५०० को माकेलाई ३,९९९को बनाएर । ‘भदौंमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भनेझै’ माओवादी केन्द्रका प्रचण्ड भजनमण्डलीहरुलाई प्रचण्डले गरेको २५ बुँदे राष्ट्रघाती वक्तव्य पनि चमत्कार लाग्यो, दिल्लीसँग लम्पसार परेको पनि चमत्कारै लाग्यो, संविधान संशोधनका नाममा देश बेच्ने खोजिराखेका छन्, त्यो पनि उनीहरुलाई चमत्कारै लागेको थियो, अहिले त उनीहरुका लागि लागि प्रचण्डले गरे महाचमत्कार– संसारकै ठूलो केन्द्रीय समिति भएको पार्टी बनाएर । अब प्रचण्डअनुचरहरुले सायद गिनिज बुकमा आफ्नो पार्टीको नाम लेखाउन पहल गर्ने होलान् ।