काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँग लिभरपुल पराजित भएको छ ।
लिभरपुलको पराजयसँगै चेल्सीले लिगमा स्पष्ट ३२ अंकको अग्रता पाएको छ ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले लिभरपुललाई ४–३ गोल अन्तरले हराएको हो । कुनै समय ३–१ ले अघि रहेको बर्नमाउथले उत्कृष्ठ पुनरागमन जनाउँदै ४–३ को जित निकाल्यो ।
खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरे । लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक एक गोल गरे का थिए ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा म्यान्चेस्टर युनाईटेडका ज्लाटन ईब्राहिमोभिचले पहिलो गोल गरेपनि एर्भटनका लेईटन बेन्सले पेनाल्टीमार्फत एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
प्रिमियर लिगका १४ औं चरणका खेल सकिदा चेल्सी ३४ अंक सहित शीर्ष स्थानमा कायमै रहेको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ३१ अंक र तेस्रो स्थानमा रहेको लिभरपुलको ३० अंक रहेको छ । समान अंक रहेपनि म्यान्चेस्टर सिटी भने गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।
यस्तै टोटनह्याम पाँचौ, म्यान्चेस्टर युनाइटेड छैठौ र वेस्ट ब्रोम सातौ स्थानमा रहेका छन् ।





























