वेल्सलाई विश्वकप पुग्न कठिन, सर्बियासँग बराबरीमा रोकियो

वेल्सलाई विश्वकप पुग्न कठिन, सर्बियासँग बराबरीमा रोकियो

bale_postकाठमाडौं । वेल्सको विश्वकप यात्रामा गम्भीर धक्का लागेको छ ।

विश्वकप छनौट फुटबल अन्र्तगत शनिबारराति भएको खेलमा सर्बियाले वेल्सलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा भएको खेलमा वेल्सले ३० औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो ।

तर, अन्तिम केही मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकियो । ८५ औं मिनेटमा मिटरोभिकले सर्बियाका लागि बराबरी गोल गरे । वेल्स अहिलेसम्म अपराजित छ र समूहको शीर्ष देशभन्दा ४ अंकले पछाडि छ ।

समूह डीमा रिपब्लिक अफ आयरल्याण्ड ४ खेलबाट १० अंससहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सर्बियाको ८ अंक छ । वेल्स भने ६ अंकका साथ समूहको तेस्रो स्थानमा छ ।