kochila_morchaसुनसरी । देशभक्त जनगणतान्त्रिक मोर्चाको कोचिला राज्य समितिको प्रथम भेलाबाट मनोज श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन भएको छ

समितिको सदस्यहरुमा होम चन्द्र घिमिरे, पशुपति आचार्य, शान्तिराम गिरी, तिलक मगर, गोविन्द रिजाल, गौरव राई, सुमित्रा चौधरी, जसोदा राई, चेतराज राजवंशी, टिका पाठक रहेका छन् ।

यस्तै उमानाथ ढकाल, पदम तामाङ, योगेन्द्र राजवंशी, तेज लकान्द्री, मणि लिम्वु, पदम गिरी, सन्तोष सरकार, फुलथुंगा खतिवडा, जोगेन्द्र मुखिया, होमवहादुर अधिकारी, अयुव मिया, देवान तामाङ, जगनारायण चौधरी, मजिवुर रहमान, भोजराज कोईराला, नरेन्द्र नेम्वाङ, मोहन उप्रेती, भिम लामा, भैरव राजवंशी पनि सदस्यमा चयन भएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केदार गुरागाईको प्रमुख आतिथ्यमा भएको भेलाले ६ जनाको कार्यालय र १७ जनाको सचिवालय समेत गठन गरेको छ ।

यसैगरी कोचिला राज्यका तीन वटै जिल्लाका संयोजक पनि चयन गरिएको छ । जसअनुसार सुनसरी संयोजकमा पशुपति आचार्य, मोरङ संयोजकमा शान्तिराम गिरी र झापा संयोजकमा होमचन्द्र घिमिरे रहेका छन् भने राज्य कार्यलय सचिवमा तिलक थापा मगर रहेका छन् ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का मोरङ संयोजक सिताराम बुढाथोकी, सुनसरी संयोजक गणेश कटुवाललगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर