सोलिडारिटी कपको फाइनल प्रवेशका लागि नेपालले लाओससँग खेल्दै

सोलिडारिटी कपको फाइनल प्रवेशका लागि नेपालले लाओससँग खेल्दै

footballकाठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनल प्रवेशका लागि नेपाल र लाओसबीच आज प्रतिस्पर्धा हुँदैछ ।

समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि भिड्न लागेको हो ।

नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे हुनेछ ।

तीन टोली सम्मिलित समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा बराबरी खेल्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३–० ले हराएको थियो ।

शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन् ।