
काठमाडौं । मंसिर ७ मा नेपाल आइपुग्नेगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल आज बेलायत प्रस्थान गरेका छन् । बेलायतमा पार्टी र मोर्चाको संगठन निर्माण र विस्तार गर्ने योजनासहित युके जान लागेको गजुरेलले जानकारी दिए ।
पछिल्लो पटक नवसंशोधनवादी तथा दक्षिणपन्थी अवसरवादीहरुले फैलाएको भ्रमका कारण संगठनमा केही समस्या देखिएको उनले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टी र मोर्चाको बलियो उपस्थिति बेलायतमै रहेको पनि उनले दावी गरे । उनका अनुसार भारतमा सबै माओवादीको भन्दा राम्रो पार्टी र मोर्चाको संगठन रहेको छ भने जापान, कोरिया, खाडी मुलुक, युरोपका मुलुकहरु र अमेरिकामा पनि पार्टी र मोर्चाको संगठन रहेको छ । पार्टीका बारेमा फैलाइएको भ्रम चिर्न र संगठन विस्तारको योजनामा नै गजुरेल युके प्रस्थान गरेको मोर्चाको कार्यालय स्रोतले जनायो ।
