काठमाडौं । ३२ बर्षकै उमेरमा असायिक निधन हुन पुगेका नेकपा (क्रन्तिकारी माओवादी) दैलेख जिल्ला कमिटी सदस्य प्रेम चौलागाई र सप्तरीका जिल्ला सदस्य लोचन चौधरीप्रति नेकपा (क्रान्तिकारी माओवादी)को सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यसैबीच, पार्टीका दैलेख जिल्ला संयोजक तथा केन्द्रीय सदस्य दीपक शाहीले पनि जिल्ला सदस्य चौलागाईको असामयिक निधनले पार्टी पङ्तिलाई मर्माहत र स्तब्ध बनाएको भन्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । मृतक चौलागाईप्रति पशुपति आर्यघाटमा पुगेर पार्टी अध्यक्ष किरणले श्रद्धाञ्जली दिएका थिए ।