
काठमाडौं । क्रान्तिका तीन जादुगरी हतियारमध्ये एकको रुपमा व्याख्या गर्ने गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल देशैभर संगठन विस्तारको अभियानमा लागिरहेको छ । भदौं २६÷२७ मा एक भव्य समारोहका बीच स्थापित भएको मोर्चा छोटै अवधिमा देशैभर सांगठानिक हिसाबले फैलादो छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चाको रुपमा स्थापना गरिएको यो मोर्चाले देशभित्रका १३ वटै राज्यन्तर्गतका जिल्लाहरुमा र प्रवासमा समेत संगठन विस्तारको कामलाई तीव्रता दिइरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई प्रखररुपमा उठाउँदै आएको मोर्चाले अब यी मुद्दाहरुलाई लिएर व्यवस्थित रुपमा संघर्षको उठान गर्ने तयारी गरिरहेको छ । पछिल्लो समयमा मोर्चाले यसरी देशैभर संगठनको जालो फिजाउँदै लगेको छ ।
मोर्चाको मिथिला राज्य संयोजकमा रोशन जनकपुरी

जनकपुर । एक भेलाबीच देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मिथिला राज्य स्तरीय समन्वय समिति गठन भएको छ । मोर्चाको केन्द्रीय सचिवालय सदस्य समेत रहेका रोशन जनकपुरीको संयोजकत्वमा बनेको सो समन्वय समितिका सदस्यहरुमा विदुर खरेल, जितेन्द्र सिंह, नन्दकुमार झा, विश्वेश्वर राय, किरण अधिकारी, संजय सिंह, ठकन महतो, केशव न्यौपाने, प्रेम भूजेल, गान्धी यादव, बलिराम यादव, सुरेन्द्र साह, रामेश्वर यादव रहेका छन् ।
१ जना पछि थप्ने गरी १५ सदस्यीय गठित सो समन्वय समितिको बैठकले मंसिर ११ सम्ममा मिथिला राज्य अन्तर्गतका धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाहरुमा जिल्ला कमिटीहरुलाई पूर्णता दिने निर्णय गरेको छ । रोशन जनकपुरीको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा मिथिला राज्य संयोजक कृष्णदेव सिंह दनुवारको उपस्थिति रहेको थियो । बैठकले राज्यका सबै जिल्लामा वालपेन्टिङ, गोष्ठी, कोणसभा र प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ । मोर्चाले धनुषा संयोजकमा नन्दकुमार झा, सिरहा संयोजकमा किरण अधिकारी, महोत्तरी संयोजकमा बलिराम यादव, सप्तरी संयोजकमा रामेश्वर यादवलाई जिम्मेवारी तोकेको छ ।
थारुवान राज्य संयोजकमा रामबहादुर केसी

नेपालगंज । नेपालगंजबाट प्राप्त जानकारी अनुसार मोर्चाको थारुवान राज्य संयोजकमा रामबहादुर केसी चुनिएका छन् ।
मोर्चाको केन्द्री सदस्य समेत रहेका केसीको संयोजकत्वमा यमबहादुर साह, विष्णुप्रकाश नेपाली, मैनामोती चौधरी, जंगबहादुर देउवा, तिलक विक, सीमा चौधरी(ज्ञावाली), भगवती सिंह, लोकबहादुर विक, विन्तीराम चौधरी, अँगानु चौधरी, नन्दराम रोका, निमबहादुर घर्तीमगर, खुशीराम चौधरी, खुपीराम पौडेल, दयाराम यादव, इन्द्र थारु, भगवती शाही, सुशिला चौधरी, अजब भाट, जनक ठकुल्ला, भोजबहादुर विक, कमल चौधरी, सुब्बा थारु, नवीन शाही, जानकी थारुलगायत सदस्य रहेको ३५ सदस्यीय राज्य समन्वय समिति गठन गरिएको छ ।
भेलापछि बसेको समितिको बैठकले राज्यन्तर्गतका जिल्लाहरुमा संगठन निर्माणका लागि मोर्चाका केन्द्रीय सदस्य समेत रहेका सदस्यहरुको कार्यविभाजन गरेको छ । जसमा कैलाली र बर्दियामा संयोजक रामबहादुर केसी र मैनामाती चौधरी, दाङ र बाँकेमा यमबहादुर साह र कंचनपुरमा विष्णप्रकाश नेपालले पहल गर्ने निर्णय लिइएको छ ।
नेवा राज्य संयोजकमा गोर्की श्रेष्ठ

ललितपुर । हालै ललितपुरको कुपण्डोलमा भएको एक भेलाले गोर्की श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेवा राज्य समन्वय समिति निर्माण गरेको छ ।
सो समन्वय समितिको सदस्यहरुमा हरिकृष्ण गजुरेल, इन्दिरा घिमिरे, इन्दिरा अधिकारी, अम्बिका पाण्डे, हरिकृष्ण उपाध्याय, सोनाम याङ्की लामा, भरत बुर्जा, भक्तराज थापा, खगेन्द्र छन्त्याल, श्याम केसी, श्रीकृष्ण सुलु, सचिर महर्जनलगायत रहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा, पार्टी सचिवालय सदस्य तथा नेवा राज्यका सहइन्चार्ज पवनमान श्रेष्ठ, पार्टीका सचिवालय सदस्य कमल चौधरी र नगेन्द्र राईको उपस्थितिमा भएको उक्त भेलाले मंसिर ५ भित्र भक्तपुर, ललितपुर र काठमाडौंमा मोर्चाका जिल्ला कमिटिहरु निर्माण गरिसक्ने निर्णय लिएको छ ।
काभ्रे जिल्ला संयोजकमा गोपाल घिमिरे
धुलिखेल । हालै भएको एक भेलाद्वारा काभ्रे जिल्लाको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको संयोजकमा गोपाल घिमिरे चयन भएका छन् ।
घिमिरेको संयोजकत्वमा ५१ सदस्सीय कमिटि चयन गरिएको छ । सो कमिटिका सचिवालय सदस्यहरुमा जित बहादुर लामा, प्रतीक लामा, मिना तामाङ, कृष्ण श्रेष्ठ, कान्छामान थिङ, देवकुमार लामा, देवकुमार मोक्तान, सौरभराज कायस्थ, टेकबहादुर विक, रामचन्द्र न्यौपाने रहेका छन् भने सदस्यहरुमा सोमनाथ नेपाल, तेजबहादुर रानामगर, मोहनबहादुर विक, सुजन मैनाली, दलबहादुर ढकाल, प्रकाश साह, होमबहादुर माझी, छिरिङ डोल्मु लामा, माधव माझी, विनोद घिमिरे, टोलप्रसाद न्यौपाने, अमर प्रधान, शेरबहादुर प्रधान, लिला रिमाल, रविन मैनाली, विक्रम माझी, रेशम माझी, दिपक माझी, हरिबहादुर तामाङ, पदमबहादुर प्रधान, चन्चली रिजाल, प्रेम दोर्जे लामा, होमबहादुर साह, नरहरि चौलागाईं, प्रेमध्वज तामाङलगायत रहेका छन् ।
सल्यान संयोजकमा राजेन्द्र शाह
खलंगा । जिल्ला सदरमुकाम खलंगामा भएको एक भेलाद्वारा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको सल्यान जिल्ला संयोजकमा राजेन्द्र शाह चुनिएका छन् ।
शाहको संयोजकत्वमा बनेको १७ सदस्यीय जिल्ला समितिका सदस्यहरुमा उर्दबहादुर ओली, लक्ष्मी शाही, नवीना खड्का, विनिता ओली, अनिल ओली, लिलाराज शाह, निर्मला खड्का, कमला मल्ल, धर्मराज बस्नेत, छिताराम केसी, दलबहादुर खड्का, प्रेमबहादुर सुनार, पदमबहादुर गिरी, धर्मदेवी शाह, लक्ष्मण पुन र जीवन ओली रहेका छन् ।
रामेछाप संयोजकमा लाङ्घाली मगर
मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा भएको एक भेलाले लाङ्घाली मगरको संयोजकत्वमा १९ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल रामेछापको जिल्ला समिति निर्माण गरेको छ । सो समितिका सदस्यहरुमा प्रल्हाद केसी, प्रदिप थापामगर, जुवानसिंह तामाङ, इन्द्रबहादुर तामाङ, ऐमानसिंह तामाङ, शिव कार्की, हरिकुमार विक, प्रकाश बुढाथोकी, काजीवावु खड्का, मनोज दर्नाललगायत रहेका छन् ।
उदयपुर संयोजकमा दीलबहादुर विश्वकर्मा
गाईघाट । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल उदयपुर जिल्लाको संयोजकमा लिलबहादुर विश्वकर्मा चुनिएका छन् ।
विश्वकर्माको संयोजकत्वमा बनेको ११ सदस्सीय भेला आयोजक समितिका सदस्यहरु मधुकर थापा, सुनवीर तामाङ, हिरा मगर, बुद्धिमान तामाङ, काजी राउत, इन्द्र श्रेष्ठ, महल राईलगायत रहेका छन् । मोर्चाले मंसिर २९ र ३० भित्र जिल्ला भेला सम्पन्न गर्ने जनाएको छ ।
यसैगरी, मोर्चाका अन्य राज्य, जिल्ला, नगर र गाउँ समितिहरु पनि बन्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको मोर्चाका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलले मूलबाटोलाई बताए ।































