nepal-rastra-bank_panorama1_20111122085657 भारतीय रुपैयाँ ५ सय र एक हजार नोटको कारोबार तत्काललाई रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैकले लिखित निर्देशन दिएको छ । भारत सरकारले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएलगत्तै नेपालको केन्द्रीय बैंकले पनि कारोबार रोक्न निर्देशन दिएको हो । योसँगै तत्काललाई नेपालमा भारतीय रुपैयाँ सट्टापट्टा तथा कारोबार बन्द भएको छ । हाल विभिन्न बैंक तथा वित्तिय संस्था तथा सर्वसाधारणसँग रहेको भारतीय नोटबारे भारतीय केन्द्रीय बैंकसँगको छलफलपछि मात्रै टुङ्गोमा पुग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग हाल करिब २ लाख भारतीय रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तिय संस्थासँग भएको भारु नोटका बारेमा भने जानकारी आउने क्रममा रहेको छ । खुल्ला कारोबार हुने भएका कारण सर्वसाधारणसँग पनि भारतीय रुपैयाँ हुने भएकाले यसबारे राष्ट्र बैंकले छिट्टै आवश्यक निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर