करिब १ वर्षअघि आफ्नो निर्वाचन अभियान सुरु गरेदेखि अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेर इतिहास रच्ने न्युयोर्कका अरबपति व्यापारी डोनाल्ड ट्रम्पले हरेक पटक दिनका आशा र सम्भावनाहरुलाई गलत साबित गरे । रिपब्लिकन हस्तीहरुसँग उनले प्रतिस्पर्धा सुरु गर्दा नै उनी यस दौडमा सामेल हुन पाउने कमै मात्रले सोचेका थिए ।
कमैलेमात्रै मानेका थिए कि उनी रिपब्लिकन पार्टीको नोमिनेशनसम्म पुग्नेछन् । तर उनी पुगे । कमै मात्रले सोचेका थिए कि उनले अन्तिम प्रतिस्पर्धामा जित हासिल गर्नेछन् । तर संसाभरमा भएका मत सर्वेक्षणलाई समेत गलत सावित गर्दै राष्ट्रपति निर्वाचित भएर चकित तुल्याइदिएका छन् । ट्रम्पको जितलाई अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो परिवर्तन मानिएको छ । कसरी ट्रम्पले यस्तो परिवर्तन ल्याउन सके ? यसका पाँच कारण यस्ता छन् :–
श्वेत क्रान्ति
ओहायो, फ्लोरिडा र नर्थ क्यारोलिनासहितका मुख्य निर्णायक राज्यमा जित हासिल गरे । यसले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनको जितको बाटोमा तगारो सिर्जना भयो । डेमोक्रेट्सले मिडवेस्टमा जित हासिल गर्ने अनुमान गरेको थियो । यी राज्यमा बर्षौदेखि डेमोक्रेटलाई भोट आइरहेको थियो । तर यसपटक जनताले पार्टीको साथ छाडे ।
ग्रामिण मतदाताको ठूलो संख्या पनि यसपटक मतदानमा संलग्न भयो । ग्रामिण जनतालाई अमेरिकी प्रशासनले नजरअन्दाज गरेको गहिरो अनुभूति मतदातामा परेको थियो । हिलारीले क्यालिफोर्निया, न्युयोर्क र युटामा राम्रो प्रदर्शन गर्दै पपुलर भोट बटुल्न सफल भएपनि ट्रम्पले ति स्थानमा आफ्नो जित दर्ता गरे । जसलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘बेटलग्राउन्ड’ मानिएको थियो ।
बुलेटप्रुफ डोनाल्ड
ट्रम्पले टिभी बहसका क्रममा जोन म्याकेनको अपमान गरे । फक्स न्युज र त्यसको प्रस्तोता मेगिन केलीसँग लडे । महिलाका बारेमा विवादित टिप्पणी गर्दै माफी समेत मागे । ‘प्रेसिडेन्सियल डिभेड’ मा गडबड भयो । उनले कुनै कुरालाई फर्किएर हेरेनन् र उनी झन बलियो हुँदै गए । उनका विवाद यति छिटो–छिटो आएकी कुनै विवादले लामो असर पार्ने सकेनन् । उनका हरेक स्क्याण्डलले उनको अभियानमा घाटा पुग्नुका बाबजुद प्रचारको रुपमा फाइदा समेत भयो । कारण जसले पनि उनलाई बुलेट प्रुफ लगाएको देखे ।
आफ्नै योजना
उनले डेमोक्रेटविरुद्ध लडाई लडे । आफ्नै पार्टीभित्रका शक्तिसँग पनि भिडे र सबैलाई हराएर देखाए । मार्को रुबियो, टेड क्रुज, क्रिस क्रिष्टी र बेन कार्सनले उनीसामु घुडा टेक्नुप¥यो । बर्नी स्यान्डर्स र टेड क्रुज पछि छुटे । सबै नाम अमेरिकी राजनीतिमा ठूलो प्रभाव राख्ने हुन् । तर ट्रम्पले सबैलाई पछि पारे । ट्रम्पले यी कसैको पनि मद्दतको जरुरत परेन ।
किनकी उनी सायद यसकारण विजयी भए कि यि सबैका विरुद्ध उनी खडा भए । उनी राजनीतिक पृष्ठभूमिदेखि बाहिरबाट आएका थिए । तर आफ्ना योजनाका कारण सबैलाई पछि पार्न सफल भए । उनको जित पेशेवर राजनीतिकर्मीमाथिको असन्तुष्टि र अस्वीकृति पनि हो । जनताले राजनीतिकर्मीबाहिरबाट पनि विकल्प खोज्न सक्छन् भन्ने प्रमाण पनि हो ट्रम्पको जित ।
हिलारीको इमेल काण्ड
एफबीआईका निर्देशक जेम्स कोमीको नाम यस चुनाबका क्रममा पटक पटक चर्चामा रह्यो । हिलारी क्लिन्टनका निजी इमेल सर्वरको प्रयोगसँग जोडिएको मामलाको दोस्रो पटक छानविन सुरु भएपछि हिलारी पछि परिन । यसपटक अमेरिकामा चुनावी सर्वेक्षण परिणाम सबै गलत साबित भए । अभियानको अन्तिम समयतिर भने ट्रम्पले जित्नसक्ने आकलन हुन थालेको थियो ।
हिलारी क्लिन्टनको निजी इमेल सर्वरको प्रयोगसँग जोडिएको घटनामा दोस्रो पटक छानविन पहिले यसको तस्बिर प्रष्ट भएको थियो । यो सत्य हो कि यो प्रतिस्पर्धा कडा हुँदै गएको थियो । तर ट्रम्पको पक्षमा सबैभन्दा ठूलो जनमत कोमीको पहिलो र दोस्रो चिठीपछि पैदा भयो । यसै अवधिमा उनले आफ्नो आधार बलियो बनाए । यदि हिलारीले सरकार इमेलका लागि सरकारी सर्वरको प्रयोग गरेको भए कोमीको पत्रको कुनै असर पर्ने थिएन ।
अनौठो तरिका
ट्रम्पले अहिलेसम्मकै सबैभन्दा अनौठो र अलग तरिकाले अभियान चलाए । उनी पूरै अलग थिए र यही नै उनलाई चुनाब जित्न फाइदाजनक देखियो । डोनाल्ड ट्रम्पले अहिलेसम्मको सबैभन्दा फरक अभियान चलाए तर उनी त्यसमा सक्षम देखिए । उनले पोलभन्दा धेरै विशेषज्ञबाट राम्रो रणनीति अपनाए । घरघर जानुको साटो उनले विशाल ¥यालीको आयोजना गरे । हिलारी क्लिन्टनको तुलनामा उनले खर्च पनि कम गरे । पारम्परिक तरिका भन्दा धेरै ध्यान उनले जिततर्फ लगाए । ट्रम्प र उनका निकटस्थको रणनीति सफल साबित भयो र व्हाइट हाउस सम्मको बाटो तय गरे । बीबीसीबाट