हिलारीको सम्बोधन : म माफी चाहन्छु, पराजय दर्दनाक हुँदो रहेछ

हिलारीको सम्बोधन : म माफी चाहन्छु, पराजय दर्दनाक हुँदो रहेछ

hilaryएजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले हार स्वीकार गरेलगत्तै पहिलो पटक समर्थकहरुलाई सम्बोधन गरेकी छन् ।

न्युयोर्कस्थित एक होटलमा समर्थकलाई सम्बोधन गर्दै उनले डोनाल्ड ट्रम्पलाई देशको सेवा गर्ने अवसर मिल्नुपर्ने बताइन ।

आफूले चुनाव जित्न नसकेकोमा समर्थकसँग माफी माग्दै उनले हार निकै दर्दनाक भएको र केही दिनसम्म रहिरहने उल्लेख गरिन् ।

उनले समर्थकलाई सम्बोधन गर्दा उनका साथमा पति बिल क्लिन्टन र छोरी चेल्सी पनि सहभागी थिए । समर्थकसँग उनले आफूले राष्ट्रपति निर्वाचनको परिणामलाई खुल्ला दिलले स्वीकार गर्ने उल्लेख गर्दै ट्रम्पलाई खुला दिल र दिमागले राष्ट्रको नेतृत्व प्रदान गर्नुपर्ने बताइन् ।

उनले आफूले सारा कोशिस अमेरिकाका लागि गरेपनि सफल हुन नसकेको बताइन् । उनले भनिन्, ‘हामी जुन देशका लागि सोचिरहेका छौं र हाम्रो जुन मूल्य छ, त्यसकै आधारमा हामीले चुनाव लड्यौं । म माफी चाहन्छु कि चुनावमा सफलता पाउन सकिन ।’

उनले आफू अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न नपाएको दुःख व्यक्त गर्दै यो बाधा एक न एक दिन यो बाधा कसैले तोडेरै छाड्ने विश्वास व्यक्त गरिन् ।