ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित, सबै सर्वेक्षण गलत साबित

ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित, सबै सर्वेक्षण गलत साबित

trumpएजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई हराउँदै देशको ४५ औं राष्ट्रपति बन्न सफल भएका हुन् ।

ट्रम्पले निर्वाचन सर्वेक्षणका क्रममा समेत जित निकाल्ने आँकलन गरिएका तथा महत्वपूर्ण राज्यहरुमा जित निकालेका छन् ।

उनले डेमोक्रेटिकको पकड क्षेत्रको रुपमा रहेका फ्लोरिडा, मिसिगन क्षेत्रमा जित निकाले भने ओहायो, नर्थ क्यारोलिना, जर्जिया तथा पेनसिलभेनियाजस्ता राज्यमा जित हासिल गर्न सफल भए ।

यसलाई अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले ‘ब्रेक्जिट तरिकाको जित’ को संज्ञा दिएका छन् । निर्वाचन अघिसम्म हिलारीले जित्ने आँकलन गरिएपनि निर्वाचन परिणामले ट्रम्पलाई नयाँ राष्ट्रपतिमा निर्वाति गरेको हो ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै एसियासहित विश्वको शेयर बजारमा भारी मात्रामा गिरावट आएको छ ।