धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, १६ जनाको सनाखत

धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, १६ जनाको सनाखत

bus_accident

काठमाडौं । धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १८ को मृत्यु भएको हो। ती मध्ये १६ जनाको सनाखत भएको छ। बस दुर्घटनामा परी बस बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्माको पनि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा मृत्यु भएका मार्पाक ५ का कमल पौडेल, सोही ठाउँका पवन बहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा ९का रामचन्द्र सापकोटा, सत्यदेवी ३ का लिला बहादुर गुरुङ, सोही स्थानकी चिर माया तामाङ, रावन तामाङ, रिडकी मुना तामाङ, सत्यदेवी—२ की रंगसिंह तामाङ, सोही स्थानका मिदिजंग तामाङ, रौता तामाङ, टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी ८ का इन्द्ररुद्र बहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

हेलिकप्टरबाट काठमाडौं ल्याइएकी धनकुमारी सापकोटोको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। अन्य दुई जनाको सनाखत हुन हुन नसकेको प्रहरीले बताएको छ । धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लपाङमा दुर्घटना भएको थियो।