स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यादेश

स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यादेश

pm-dahal

काठमाडौं । सरकाले स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको हो ।

बैठकले आइतबारको प्रमूख तीन दलको बैठकमा भएको सहमतिअनुसार पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको हो । पुरानै इलाकालाई आधार मानेर पुनसंरचनाको मधेसवादी दलहरुले विरोध जनाएका छन् ।

बैठकले पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए ।

पुराना इलाका नगरपालिकामा गाभिइसकेको भए त्यस्ता इलाकामा थप गाविस समेटेर नगरपालिकामा राखिने छ । अबका अतिरिक्त स्थानीय आवश्यकता, सघनता र अनुकूलता हेरेर आयोगले थप निर्णय लिन सक्नेछ ।

बैठकले पूर्व गृहमन्त्री माधव घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानविन गर्न पूर्व महानिरीक्षक कुवेर रानाको नेतृत्वमा पाँच सदस्यीय आयोग गरेको छ । आयोगलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायहरुबारे सुझाव पेश गर्न कार्यदेश दिइएको छ ।