विराटनगर । विराटनगरमा पार्किङ गरिराखेको गाडीबाट २५ लाख रुपैयाँ चोरी भएको छ ।
तेह्रथुमस्थित माउन्ट मकालु बैंको को १ त ८०१९ नम्बरको गाडी बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको अवस्थामा सिसा फुटाएर सो रकम चोरी भएको हो ।
तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट रकम साटेर स्थानमा गाडी पार्किङ गरिएको बेलामा गाडीको सिसा फुटाएर अज्ञात व्यक्तिले झोलामा राखिएको सो रकम लिएर फरार भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
गाडीमा रहेका बैंकका कर्मचारी सुमन लिम्बू र चालक वीरबहादुर माबुहाङ लिम्बूले आफूहरु पानी खान गएको समयमा सो घटना भएको बताएका छन् ।
प्रहरीले घटनाका विषयमा छानविन भइरहेको जनाएको छ ।