पक्राउ परेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद यादवसहित सबैजना रिहा

पक्राउ परेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद यादवसहित सबैजना रिहा

pppकाठमाडौं । काठमाडौंको बागबजारबाट चार दिनअघि पक्राउ परेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसभासद शिवकुमार यादवसहित चारैजना रिहा भएका छन् ।

पक्राउ गरि प्रहरी वृक्त अनामनगरमा राखिएका यादवसहित अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपाली, महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई शनिबार रिहा गरिएको हो ।

kkk

बागबजारबाट चन्दा संकलन गरेको आरोपमा प्रहरीले उनीहरुलाई अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय परिसरबाट पक्राउ गरेको थियो । उनीहरुको रिहाईको माग गर्दै क्रान्तिकारी माओवादीले आइतबार उपत्यका बन्दको आव्हान गरेको थियो ।