काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय भेला सोमबार राजधानीमा सम्पन्न भएको छ ।
भेलाले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को नेतृत्वमा १० जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरेको छ ।
समितिको सचिवमा परि थापा रहेका छन् । आफ्नो विधान र न्युनतम कार्यक्रम समेत तय गरेको मोर्चाले नेपाली जनवादी क्रान्ति पूरा गर्नका लागि वैधानिक र अवैधानिक दुवैखाले संघर्षलाई जोड दिने छ । मोर्चाको राष्ट्रिय भेला उद्घाटन समारोहका झलकहरु तस्बिरमा :-