सन्डरल्यान्डलाई हराउँदै एभर्टन तेस्रो स्थानमा, लुकाकुको ह्याट्रिक

सन्डरल्यान्डलाई हराउँदै एभर्टन तेस्रो स्थानमा, लुकाकुको ह्याट्रिक

evertonकाठमाडौं । सन्डरल्यान्डलाई हराउँदै एभर्टन इङलिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बेल्जियन स्ट्राईकर रोमेलु लुकाकुले ११ मिनेटमा ह्याट्रिय गरेपछि सोमबारराति भएको खेलमा एभर्टनले सन्डरल्यान्डलाई ३–० ले हराएको हो ।

सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लुकाकु चक्किए ।

खेलको ६१ औं मिनेटमा पहिलो गोल गरेका लुकाकुले ६८ र ७१ औं मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका हुन् ।

लुकाकुले जारी सिजनमा पहिलो गोल र पहिलो ह्याट्रिक गरेका हुन् ।

चार खेलबाट १० अंक जोडेको एभर्टन तेस्रो स्थानमा छ । समान खेलबाट समान अंक रहेको चेल्सी दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको म्यान्चेस्टर सिटीको १२ अंक रहेको छ ।