देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला सम्पन्न, यस्ता छन् निर्णयहरु

देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला सम्पन्न, यस्ता छन् निर्णयहरु

bhela-of-morchaकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय भेला सोमबार राजधानीमा सम्पन्न भएको छ ।

भेलाले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को नेतृत्वमा १० जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । समितिको सचिवमा परि थापा रहेका छन् ।

समितिमा क्रान्तिकारी माओवादीका नेताहरु नगेन्द्र राई, कमल चौधरी, केबी गुरुङ, कुमार शाह, क्रान्तिकारीमा माओवादी निकट सबै जनवर्गीय संगठनका अध्यक्षहरुसहितका नेताहरु सामेल रहेका छन् । सोमबार भएको भेलाको बन्दसत्रले २२ सदस्यी केन्द्रिय सचिवालय समेत गठन गरेको छ ।

यसैगरी बन्दसत्रले मोर्चाको विधान र न्युनतम कार्यक्रम समेत पारित गरेको छ ।

मोर्चाले नेपालको अधुरो रहेको जनवादी क्रान्तिलाई पूर्णता दिनका लागि वैधानिक र अवैधानिक दुवै प्रकारका कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ ।

भेलाको निर्णयअनुसार आगामी असोज महिनाभित्र मोर्चाको राज्य र जिल्ला तथा स्थानीय तहमा समेत संगठन निर्माण र विस्तार गर्ने छ ।

मोर्चाले मुख्यतः संघर्षलाई जोड दिँदै चुनाव उपयोग समेत गर्नसक्ने र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिका मुख्य तीन जादुगरी हतियार सेना, पार्टी र मोर्चामध्ये क्रान्तिको मुख्य साधनको कार्य गर्ने छ ।