फेरि अर्को ट्रक त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु

फेरि अर्को ट्रक त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक मंगलबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खस्दा मृत्यु भएका अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइते बाराको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साहको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ ।