विश्वकप छनोटमा स्पेन र वेल्सको फराकिलो जित

प्रकाशित मिति : २०७३ भाद्र २१

Spain Footballकाठमाडौं । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनौटअन्तर्गत सोमबारराति भएको खेलमा स्पेन र वेल्सले फराकिलो जित निकालेका छन् ।

समूह जी को खेलमा स्पेनले लिचेस्टेनलाई ८–० ले हराएको छ । खेलमा स्पेनलाई विजयी गराउन डिएगो कोष्टा, डेभिड सिल्भा र अल्भारो मोराटाले दुई–दुई गोल गरे भने सर्जी रोबेर्टो र भिटोलोले एक–एक गोल थपे ।

विश्वकप फुटबल छनोट चरणअन्तर्गत सोमबार राति भएका खेलमा ईटालीले इजरेललाई ३–१ ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन ग्रेजियानो पेला, एन्टोनियो कान्द्रेभा र सिरो ईमोबाईलले एक–एक गोल गरे ।

समुह डी को खेलमा वेल्सले माल्दोभालाई ४–० ले हराउँदा अष्ट्रियाले जर्जियालाई २–१ ले हरायो । वेल्सको जितमा ग्यारेथ बेलले दुई गोल गरे भने एलेन र भोग्सले एक एक गोल गरे ।

यसैगरी सर्विया र आयरल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् । विश्वकप छनोटअन्तर्गत युरोपेली समुह आई का सबै तीन खेल बराबरीमा सकिएका छन् ।