ताप्लेजुङमा पहिरोमा पुरिएर तीनको मृत्यु, दर्जनौं घरमा क्षति

ताप्लेजुङमा पहिरोमा पुरिएर तीनको मृत्यु, दर्जनौं घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । 

पहिरोले एक दर्जनौं घरमा क्षति पुर्याएको छ । पहिरोमा परी एक जना घाइते समेत भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमती विमला मगर, छोराहरु मनोज र ललित मगरको मृत्यु भएको हो । 

घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको हो । उद्दारमा खटिएका सुरक्षाकर्मीले उनीहरुको शब निकालेका थिए । 

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छि लिम्बु घाइते छिन् । 

पहिरोले ताप्लेजुङ नगरपालिका ८ दोखुमा मात्रै २० वटा भन्दा बढी घरमा क्षति पुर्याएको छ भने ताप्लेजुङ नगरपालिका २ केनिममा १२ भन्दा बढि सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको जनाइएको छ ।