Philippinsकाठमाडौं/एजेन्सी– दक्षिणी फिलिपिन्समा शनिबार बिहानै भएको एक शक्तिशाली विस्फोटमा परी कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ भने अन्य करिब ६९ जना घाइते भएका छन् ।

राष्ट्रपति रोड्रिगो डुटर्तेको गृहनगर डावाओको व्यस्त रात्री बजारमा विस्फोट भएको हो । यसैवर्ष राष्ट्रपति हुनुअघि डुटर्ते यो नगरमा २० वर्षसम्म मेयर भएका थिए ।

विस्फोटका समयमा राष्ट्रपति पनि सोही नगरमा रहेपनि घटनास्थलदेखि टाढा रहेका कारण उनी भने सुरक्षित रहेका छन् । विस्फोटपछि सार्वजनिक तस्वीरमा सिसा र रेस्टुराँका टेबल कुर्सी वरपर छरिएको देखिएको छ । 

विस्फोटमा परी घाइते भएकामध्ये ३० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । शक्तिशाली विस्फोटपछि राजधानी मनिलामा समेत सुरक्षा सतर्कता बढाइएको छ । 

पछिल्लो समयमा फिलिपिन्समा हिंसात्मक घटनाहरु भइरहेका छन् । गत सोमबार मात्रै फिलिपिन्समा १२ सैनिक मारिएका थिए । सुरक्षाकर्मीले पनि डुटर्टेको कार्यकाल सुरु भएदेखि नै सुरक्षा कारबाहीलाई तिव्र बनाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर