भर्खरै मात्र नेपालबाट कालो दारी सरकारी दूत बनेर हिन्दूस्तानतिर गयो । जानुको मूख्य कारण हिन्दूस्तानको सरकारी सेतो दारीलाई भेट्नु थियो । विगतमा सेतो दारी र उखानप्रसादका बिचमा चिसिएको सम्बन्ध सुधार गर्ने भेटको योजना बन्यो । कालो दारीको मातृथलो हिन्दूस्तान नै भएकाले उतैको मातृभाषा बोल्ने हुँदा उसलाई दूत बनाएर पठाउँदा उखानप्रसादसँग चिसिएको मात्र नभै पहिला आपूmसँग चिसिएको सम्बन्ध पनि सुमधुर हुने निधो गरेर सुप्रिमोले उसलाई हिन्दूस्तान पठाए । कालो दारीले सुप्रिमोले पठाएका केही कोशेली पनि लिएर गयो । नेपालका सरकारी सुप्रिमोलाई उता भ्रमण गराउने, दुवैतर्फका राष्ट्रका पतिहरुलाई यताका उता, उताका यता भ्रमण गराउने, यताको पानी पँधेरो, बाटोघाटो, खोला नदीको जिम्मा सेतो दारीलाई लगाउने जस्ता योजनाको कुम्लो बोकेर कालो दारी हिन्दूस्तानतिर लाग्यो । राखीका दिन उडेको कालो दारी हिन्दूस्तान पुगेर सबै भन्दा पहिला सुष्मा बहनजीको हातबाट राखी बाँध्ने कार्यक्रम पनि तय भयो । राखी बाँधीवरी भेट वार्ता गरेर यता र उताको सम्बन्धको पहिलो सूत्रधार निर्माण गर्ने कुरा भयो । त्यसपछि कालो दारीले सेतो दारी, राष्ट्रका पति र त्यहाँका साशक दलका माउतेहरुलाई पालैपालो भेटेर यताबाट लगेको कोशेलीका बारेमा जानकारी गरायो । सेतो दारी र कालो दारीका बिचमा गम्भीर प्रकारले गफगाफ भयो । कालो दारी र सेतो दारीका बिचमा केकस्ता गफगाफ भए त भन्ने विषयमा कैलुब्राहको सुलसुलेले फेला पारेको उनीहरुको गफगाफको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
कालो दारी ः जय हिन्द सेतो दारी महोदय । कोटीकोटी प्रणाम ।
सेतो दारी ः हाँहाँ, जिते जाग्ते रहो बेटा । के छ हिमालतिरको हालखबर ? सब ठिकठाक चलेछ ? कोइ दिक्कत तो परेछैन हाँ ?
कालो दारी ः हजुर सबै ठिकठाक छ । एैले कुनै दिक्कत उक्कत छैन । मधेशका सबैले समर्थन ग¥या छन् । बरु उनीहरुलाई पनि सरखारमा जान भनिदिनु प¥यो हजुर ।
सेतो दारी ः हाँ हाँ धिरेधिरे आइहाल्छन् । पैला तो उसले जे भनेछन् ओ संविधानमा लेखिहाल, तव तो उनीहरुलाई हमी आदेश दिन्छु ।
कालो दारी ः धेरै त उनीहरुका कुरा लेखिसकेछम् । उखानप्रसाद र गाईवाला दलले समर्थन गर्दैनौँ भनेर आप्ठ्यारो पारेका छन् । उनीहरुलाई सम्झाइदिनु प¥यो ।
सेतो दारी ः ओ सब ठिक भै जान्छ । नामानेछन् भने उनीहरुको दल फुटाइदिन्छु तब ठाउँमा आइहाल्छ । और बताऊ क्यानाम कोशेली के लाएछौ ?
कालो दारी ः हाम्रो सरखारका सुप्रिमो र नेपालपतिले यता भेटघाटमा आउने मनसुवा राख्नु भएछ । उहाँलाई निम्ता गरिदिनु प¥यो । और तपाइँ र हिन्दूस्तानपतिले पनि हाम्रो देशको भ्रमण गरिदिनु प¥यो ।
सेतो दारी ः ठिक छ । ओ सब भैहाल्छ । और के लाएछौ ? हुलाकी र द्रुतमार्गको के भएछ कुरा ?
कालो दारी ः ओ सब मिल्छ हजुर । त्यसको बारेमा दल र सदनमा समेत सदैब यताको पक्षमा वकालात गर्ने व्यक्ति म नै हुँ । ऐले म सरखारको चावी घुमाउने ठाउँमा पुगेछु त केको फिकर गर्नुहुन्छ ? सबै मैले मिलाइहाल्छु । कोइ चिन्ताको कुरा छैन । दु्रतमार्ग, हुलाकी रास्ता, कर्णाली प्रोजेक्ट और पूरबका कोशी हाइड्याम सभी तपाइँको दिनेमा हाम्रो सहमती भएछन् । त्यहि कुरा लिएर आएछु ।
सेतो दारी ः ठिक छ, स्यावास । यस्तो खुस खबर लिएर आउनु पर्छ । और उधर उत्तरके तरफ लालकोट वालेको दूत बनाएर किन पठाएको ?
कालो दारी ः अलिअलि उतातिर पनि कुरा मिलाउनु पर्छ । नत्र हाम्रो सरखारलाई यतातिर मात्रै मिल्यो भनेर रिसाउँछन् । उनीहरुको आँखामा अलिअलि छारो पनि त हाल्नु प¥यो नि ।
सेतो दारी ः अछा कोइवात नै । रोटीबेटी तो हमीसँगै मिल्छ नि । सुगौलीदेखि तो तुमलोग हमारे अण्डरमा छौ । दायाँबायाँ गर्ने कुरा नगर्नू हाँ । यहाँ से गएपछि तुरन्त पुष्पको इधर भेज्नू । उनको अच्छा तरिका से हमीले सम्झाइदिन्छु । पहिलाको जस्तो ज्यादा करान्तिकारीपन नदेखाउनू । पैला तो अप्ना ही ताकतबाट सरखारको प्रमुख बनेको थियो, इस बख्त तो हमीले बनाइदिएछु । तब तो हम्रा खिलाफ मे जानेका कोइ रास्ता छैन । हमीले यो कुरा उनको अच्छा तरिके से सम्झाइदिन्छु ।
कालो दारी ः ठिक छ । अगर इस बखत पुष्पजीने तपाइँको मन खुस नाबनायो भने तुरुन्त हटाएर हमारे डेउडापतिके अवधीमा ओ सब मिलाइहाल्छौँ । फिकर गर्ने जरुरत छैन ।
सेतो दारी ः ना ना ना । इसीके हाथसे ओ काम फत्ते गर्नु पर्छ । बाद के कुरा बादमे हुँदै जान्छ । अभि इसी बख्त कोइ न कोइ समझ्दारी गर्नु पर्छ हाँ । ओ सबै मिलाएर मात्र उनको इधर भेज्नू ।
कालो दारी ः ओ के । आपके जो आज्ञा छ, ओ हमलोग पूरा गर्छौं । प्रणाम ।
११ भदौ २०७३