इस्लाम धर्मावलम्बीको महान चाड इद आज, सार्वजनिक विदा भोलि

प्रकाशित मिति : २०७३ असार २२

असार । इस्लाम धर्मावलम्बीको महान चाड इद भोलि (बिहीबार) मनाइने भएको छ । बुधबार बिहान इद मनाउने तयारी गरेपनि मंगलबार बेलुका चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो ।

इदको अवसरमा सरकारले बुधबार इद नभएकाले सार्वजनिक बिदा नभएको जनाएको छ । सरकारले मुस्लिम समुदायले चन्द्रमा देखियो भनेर निवेदन दिएपछि मात्र गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गर्ने बताएको छ ।

इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर इद पर्व मनाइने गरिन्छ ।