काठमाडौं । कांग्रेस महामन्त्री सशांक कोइराला एक्कासी विरामी भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
मगलबार रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
अचानक असजिलो भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि अस्पताल भर्ना गरिएको थियो । कोइरालाको स्वास्थ अवस्थाबारे जानकारी लिन कांग्रेस सभापित शेरबहादुर देउवा लगायत कांग्रेसका नेताहरु ओम अस्पताल पुगेका छन् ।
अस्पताल प्रशासनले कोइरालाको स्वास्थ अवस्थाका केही बेरपछि प्रेस(नोट जारी गर्ने बताएको छ । कोइरालालाई भेट्न अस्पतालमा नेता तथा कार्यकर्ताको भीडनै लागेको छ ।