काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा मंगलबार एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाएको छ छ । वर्षाले बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ ।
मंगलबार राति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए ।
नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ ।
अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको छ । नदीमा पानीको बहाव उच्च भएपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जनाएको छ ।