गोरखा । उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरोमा पुरिएका ६ जना मध्ये तीन जनाको मृत्इु भएको छ । फलिम्पुमा गोरेटो बाटो गएका बेला उनीहरु पहिरोमा पुरिएका थिए ।
पहिरोमा परि मृत्यु हुनेमा केरौंजा–३ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया तामाङ रहेका छन् । पहिरोमा परेका केरौंजा–४ का ४० वर्षीय टुङ्गे गुरुङ, कृष्ण गुरुङ र सुकराम घलेलाई भने उद्धार गरिएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेलाई उपचार गर्न माछाखोलास्थित स्वास्थ्य चौकीमा ल्याइएका थिए ।