पर्यटकीय जिल्ला बन्दैछ अर्घाखाँची

पर्यटकीय जिल्ला बन्दैछ अर्घाखाँची

arghatosh-arghakhachi

अर्घाखाँची  । अर्घाखाँची जिल्लामा पर्यटन प्रबद्धनको वलियो संभावना छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस जिल्लामा चार दर्जनभन्दा बढी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटक स्थलहरु रहेका छन् । यहाँको पाणिनी तपोभुमि पणेना, सुपा देउराली मन्दिर खाँचीकोट र भगवति मन्दीर अर्घा देशकै प्रसिद्ध मानिन्छन् ।

पाणिनी ऋषिले तपस्या गरेको पाणीनी तपोभुमि पणेना संसारकै पवित्र ठाउँ मानिन्छ । अधिकांस हिमशिखर र तराईका भू–भागको एकैठाउँ बाट दृश्यावलोकन गर्न सकिने पणेनाको प्राकृतिकवातावरण साँच्चै चर्चा गर्न योग्य छ । जिल्लाको सुपा देउराली मन्दिर लाखौ लाखजनताको विश्वास र आधारको प्रतिक बनेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डमा पर्ने सो मन्दिरमा दैनिक पुजाआजाको निम्ति झण्डै तीन हजार भक्तजनहरु आउने गर्छन् । देउरालीको दर्शन गरी भाकल गरेमा चिताएको पुग्ने विश्वासको आधारमा नेपालका ३० भन्दा बढी जिल्ला र भारतबाट समेत भक्तजनहरुको प्रत्येक दिन घुँइचो लाग्ने गर्दछ । जिल्लामा दर्जनौ सुन्दर पहाड, सयौ मठ मन्दिर, दह, पोखरी र प्राकृतिकगुफाहरु तथावाईसी–चौबिसे राज्यका दरवार समेत रहेका छन् ।

भगवति मन्दीर अर्घा, खाँचीकोट दरबार खाँचीकोट, डमरुदह ठाडा, दुर्वासेश्वर गुफाखिदीम, पाणिनी तपोभुमि पणेना, उल्क छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक खन, बल्कोट पौवा र शिवालय बल्कोट, नृत्यञ्चलपर्वत र रामवाण तपोभूमि नरपानी, मसीना र तीनपाने लेक धातिवाङ्ग, सेङलेङ्ग दहधनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्तेपानी, सितखोलाको झरना, रावणको शंखसितापुर, भाले ओढार धारापानी, पकले बगैचा र पौवा किमडाँडा, भुमिका स्थान ढाकावाङ्ग, सिमे देउराली गोखुङ्गा, घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, सरेपानी ठाडा, गौचौरको दह ढिकुरा, तिलखुवा झरना, जिखोदी गुफा वाङ्ला, हटियादेबी मन्दिर जिल्लाका प्रमुख ऐतिहासिक धार्मिक तथापर्यटकीय स्थल हुन् ।

Argha-supa deurali

यसैगरी जिल्लाका अन्य ऐतिहासिकस्थलहरुमा ढावरखोला झरनाचिदीका, मधु लेकको गुफाचिदीका, धैरेनी राजाको दरवार ठुलापोखरा, सिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोलाझरना खन, खन देउरालीगुफा खन, गोपेश्वर पीठ वाङ्ला, लामपाटी पौवावाङ्ला, ओडारपानीगुफा अर्घा, गोहोरथुम देउराली किमडाँडा, बान्द्रे गुफागोखुङ्गा, छहरे खोला झरना सिमलपानी, ठुलापोखरा, गुफा सिमलपानी, रानीओढार सुवर्णखाल, मेघनाथ गुफा सिद्धारा, गुरुङ भिरको गुफा सिद्धारा, कालीमाटीको लेक मैदान, मालिकामन्दिर खिदीम, कैलाश डाँडा पणेना आदी छन् ।

सबै गाविस र वार्ड–वार्डमा समेत सडक सुविधापुगेको यस जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमाविकास गरेमा प्रत्येक वर्ष देशभित्र तथा बाहिरका हजारौ पर्यटक भित्राएर लाखौं आम्दानी गर्न सकिने बलियो संभावना रहेको नेपाली कांग्रेसका युवा नेता वासुदेव आचार्यले बताए । जिल्लालाई पर्यटन उद्योगको रुपमाविकास गर्न केन्द्र र जिल्लाबाट विशेष कार्यक्रम अगाडि ल्याउने तयारी भइरहेको आचार्यको भनाई छ ।

पर्यटन क्षेत्रको विकासबाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जिविकोपार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त संभावना रहेको एमाले उपसचिव प्रेमनारायण गैरेले वताए । सरकारी उदासीनता र संचार माध्यमको पँहुचको अभावमाजिल्लाका सम्पदाहरु ओझेलमा परेको उनको भनाइ छ ।

जिल्लाका हजारौं युवाहरु रोजगारीको लागि खाडी मुलुकमा जान बाध्य भएको अवस्थामा पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा स्थानीय तहमै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट युवा जनशक्ति रोक्न सकिने बुद्धिजीवी बुद्धिराम नेपाली बताउँछन् ।