एजेन्सीहरु । हिलारी क्लिन्टन डेमोक्र्याटको तर्फबाट राष्ट्रपति उम्मेदवार चयन भएकी छन् । पिलाडेल्फियामा भएको डेमोक्र्याट पार्टीको सम्मेलनले उनलाई अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा चयन गरेको हो ।
यस अघि पनि दुइदुई पटक प्रतिस्पर्धामा आएकी उनी ओबामाका अगाडि सफल हुन सकिनन् । तर अहिले भने बराक ओबामाको बलियो समर्थनसहित उनी राष्ट्रपतिको उम्मेदवारमा चयन हुन सफल भएकी छन् ।
उनलाई रिपब्लिकन पार्टीको तर्फबाट मनोनित प्रतिद्वन्दी उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासीको वारेमा केही पनि नबोलेको र अतिवादी मुस्लिमहरुका बारेमा पनि उदार रहेको भन्दै आलोचना गरेका छन् ।
तर हिलारीले पनि ट्रम्पलाई आवेगी र तामसी भनी आलोचना गरेकी छन् । सानो कुरामा पनि, सानो आलोचनामा पनि र उठाइएका झिनामसिना कुराहरुमा ट्रम्प निकै आवेगमा आउंछन् । हिलारी भन्छिन् यस्ता प्रकृतिका मान्छे संयुक्त राज्य अमेरिकाको सर्वोच्च सेनाधिपति वा राट्रपतिको स्थानमा रहंदा अनावश्यक आवेगमा आए भने संयुक्त राज्य अमेरिकाको हालत के होला ?