डा.केसीका मागबारे पहिलो चरणको वार्ता निश्कर्षमा पुगेन

डा.केसीका मागबारे पहिलो चरणको वार्ता निश्कर्षमा पुगेन

Dr.Gobinda-KCकाठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच बिहीबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

सरकारले गठन गरेको वार्ता टोली र १२ दिनदेखि अनसनरत प्रा।डा। गोविन्द केसीका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा पहिलो चरणको वार्ता भएको थियो ।

पुनः वार्तामा बस्ने गरी आजको वार्ता टुंगिएको सरकारी वार्ता टोलीका संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव ड। सेनेन्द्रराज उप्रेतीले बताए । उनले वार्ता सकारात्मक भएको र सफल हुनेमा आफू आशावादी रहेको उनले बताए ।

केसीका प्रतिनिधी डा. जीवन क्षेत्रीले केसीका मागका बारेमा गम्भीर छलफल भएको र फेरि अर्को चरण बस्ने गरी पहिलो वार्ता सकिएको जानकारी दिए । वार्तामा चिकित्सा शिक्षा र सेवा तर्फ सुधारलका लागि डा. केसीमा सबै मागमा बुँदागत छलफल भएको थियो । मन्त्रिपरिषदको बुधबारको बैठकले स्वास्थ्य सचिवको संयोजत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको थियो ।