सभामुख महोदय, दाहाललाई मर्यादाक्रम सिकाउने कि !

सभामुख महोदय, दाहाललाई मर्यादाक्रम सिकाउने कि !

prachanda-sabhamukh

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावी प्रधानमन्त्रीको लाइनमा छन् । वर्तमान केपी ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारी गरेका छन् ।

भावी प्रधानमन्त्रीको उक्साहटले दाहालले भने आफ्नो मर्यादा समेत मर्यादा समेत विर्सिए । राजनीतिक सहमतिको प्रयासमा बुधबार माकेका अध्यक्ष दाहाललाई भेट गर्न सभामुख प्रधानन्त्री निवास पुगेकी थिइन् ।

औपचारिक भेटका लागि गएकी सभामुख घर्तीसँगको भेटमा दाहालले ‘नाइट ड्रेस’मै उपस्थित भए । टिसर्ट ट्राउजर र चप्पल लगाएर दाहालले सभामुख घर्तीसँग भेट गरेको तस्विर उनकै सचिवालयले सार्वजनिक गर्यो ।

आफूले सरकारबाट फिर्ता लिएपछि अल्पमतमा परेर पनि प्रधानमन्त्री ओलीले राजिनामा नदिएको भन्दै संसदमा कांग्रेस, माअाेवादीले  एक साताअघि अविश्वासको प्रस्ताव दर्ता गराइएको थियाे ।  

अविश्वासको प्रस्तावमाथि सभामुख ओनसरी घर्तीले विहीबारदेखि ब्यवस्थापिका संसदमा छलफल कार्यक्रम तय गरेकी छन् । ब्यवस्थापिका संसदमा आर्थिक विधेयकमाथि छलफल भइरहेका बेला पार्टीगत राजनीति गरेर सभामुखले आर्थिक विधेयकमाथिको कार्यसूची हटाएर अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरेपछि सभामुख पनि आलोचित भएकी छन् ।

सभामुखलाई राजनीतिक पार्टीको भन्ने आरोप लागेपछि उनी फेरि पनि दलहरुलाई सहमतिका लागि पहल गर्न थालेकी छन् । मंगलबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी उनले बुधबार आफ्नै पार्टीका अध्यक्ष दाहालसँग भेट गरेकी थिइन् ।

अरुलाई मर्यादाको पाठ सिकाउने सभामुख घर्तीले आफ्नै पार्टीका अध्यक्षले मर्यादालाई ख्याल नगर्दा पनि मौन देखिइन् । दाहालसँगको भेटमा आफ्नो प्रेस सल्लाहकार बबिन शर्मालाई पनि सभामुखले साथमै लगेकी थिइन् । संसदमा नियामापत्ति गर्ने र मर्यादाको पाठ पढाउने सभामुख महोदय भावी प्रम दाहाललाई मर्यादाको पाठ पढाउने हो कि ।