काठमाडौंं । व्यवस्थापिका–संसद्को बिहीबारदेखि हुने बैठकको कार्यसूचीका सम्बन्धमा दलहरुबीच मतान्तर बढेपछि बुधबार सभामुख ओनसरी घर्तीले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको बैठकमा सत्तापक्षले पहिला बजेट आश्रित कार्यसूचीमा छलफल हुनुपर्ने र त्यसपछि मात्र सरकारविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने अडान लिँदै आएको छ भने प्रतिपक्षीले पहिला अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने अडान दोहो¥याएको छ ।
सभामुखले सार्वजनिक गरेको कार्यतालिकामा पहिला अविश्वासको प्रस्तावमा छलफल हुने उल्लेख छ ।
परामर्श समितिमा कुनै सहमति नभएपनि विहान बिहान सभामुखले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेर सहमतिको प्रयास गर्ने नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।