काठमाडौं । नेकपा माकेका अध्यक्ष पुष्पकमल दाहालको निगाहमा केपी ओली नेतृत्वको सरकारको मन्त्री भएका प्रेमबहादुर सिंहको समाजवादी जनताले पार्टीले सरकारको समर्थन फिर्ता लिएको छ । बुधबार मन्त्री पदबाट राजिनामा दिँदै उनले सरकारको समर्थन फिर्ता लिएको जनाएका छन् ।
एक मात्र सांसद रहेका सिंह दाहालकै सिफारिसमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका थिए । मन्त्री रहेका सिंहको पार्टीलाई भने निर्वाचन आयोगले दर्ता खारेज गरेको छ । न्युनतम अनुशासन पालना नगरेको भन्दै निर्वाचन आयोगले दल दर्ता खारेज गरे पनि उनी मन्त्री भने कायमै थिए ।
उनले ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रयासमा सहयोग पुर्याउन आफूले राजिनामा दिएको जनाएका छन् । उनले सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा सघाउने जनाएका छन् ।
निर्वाचन आयोगले खारेज गरिदिएको प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टीले आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सिंह तत्कालिन एमाओवादी अध्यक्ष दाहाल नेतृत्वको ३० दलीय मोर्चाको प्रवक्तासमेत थिए ।