संसदीय राजनीति गर्नेको सडकमा तमासा

संसदीय राजनीति गर्नेको सडकमा तमासा

Kp Oli-cadder

काठमाडौं । संसदीय राजनीति खेलकै कारण प्रधानमन्त्री बन्ने लालसामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सरकारबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अल्पमतमा परेपछि प्रधानमन्त्रीले कि त राजिनामा दिनुपर्छ, कि संसदबाट विश्वासको मत हासिल गर्नुपर्छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग बजेटपछि प्रधानमन्त्री बन्ने सम्झौता गरे पनि ओलीले नछाडेपछि दाहालले कांग्रेससँग सम्झौता गरी सरकारबाट फिर्ता भएका छन् । दाहाल माओवादी सरकारबाट फिर्ता भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले भने सडकमा युवाहरु उतारेर तमासा गरेका छन् ।

युवा संघ तथा अनेवास्ववियुका युवाहरु शुक्रबार स्वतन्त्र युवा अभियानका नामबाट राष्ट्रिय झण्डा बोकेर ओलीको पक्षमा सडकमा प्रदर्शन गरेका थिए । उनीहरु ओली अल्पमतमा परे पनि सरकार नछाड्न माग गरेका थिए । यसले संसदीय राजनीति गर्नेहरुमाथि नै धज्जी उडाएको राजनीतिक दलका नेताहरुले बताएका छन् ।