अविश्वासको प्रस्तावमाथि साउन ६ गते संसदमा छलफल

अविश्वासको प्रस्तावमाथि साउन ६ गते संसदमा छलफल

nepal-parliament-protest BICCकाठमाडौं । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि व्यवस्थापिका संसदमा साउन ६ गते छलफल हुने भएको छ ।

ब्यवस्थापिका संसदमा बजेट सम्बन्धि विधेयकहरुबारे शुक्रबार छलफल हुने कार्यक्रम भए पनि अन्यौलताका कारण सूचना टाँस गरी साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्ती मगरले साउन ६ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्न समय तोकेकी छन् । संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरी संसद नियमावलीको नियम १६० को उपनियम ३ बमोजिम सभामुखले प्रस्तावमाथि छलफलको समय तोकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस र माओवादीसहित तीन दलले बुधबार संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।