दुई खेल अघि नै भैरहवा इपीएल क्रिकेटको प्लेअफमा

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स दुई खेल खेल्नु अघि नै प्लेअफमा पुगेको छ । बुधबार भएको खेलमा साविक विजेता विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९२ रनको सामान्य चुनौती पछ्याएको भैरहवाले २० ओभरमा २ बल बाँकी […]

ईपिएलः ललितपुरद्वारा चितवन ११ रनले पराजित

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्समाथि विजय हासिल गरेको छ । कीर्तिपुरको टियु क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा ललितपुरले ११ रनको जित निकाल्दै चितवनलाई हराएको हो । यो ललितपुरको पहिलो जित हो । ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ […]

एभरेष्ट प्रिमियर लिगः ललितपुरले दियो चितवनलाई १४४ रनको विजय लक्ष्य

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४३ रन बनाएपछि चितवनले १४४ रनको लक्ष्य पाएको हो । ललितपुरका लागि […]

ईपीएलमा विराटनगरबाट खेल्ने छ यी चार विदेशी खेलाडी को को हुन् ?

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । प्रतियोगिता नजिकिदै गर्दा विभिन्न टोलीले आफ्ना टिममा विदेशी खेलाडी अनुबन्धन गरिसकेका छन् । विराटनगरले भने हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो । बाबर हायात र […]

क्रिष्टियानो र मेस्सीलाई पछि पार्दै लुका मोड्रिकले जिते बालोन डी’ओर अवार्ड

काठमाडौं । विश्व फुटबलकै निकै नै प्रतिष्ठित अवार्ड बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिकले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । मोड्रिकले यसअघि यो अवार्ड जितेका थिएनन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस […]

सिटीको अग्रता कायमै, एफसी बर्नमाउथ ३–१ ले पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता कायमै राखेको छ । सिटीको आफ्नो घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले एफसी बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो । खेलको १६ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीको अग्रता पछि जोसिएको बर्नमाउथले ४४औं मिनेटमा बराबरी गोल […]

‘ए’ डिभिजन लिगः पुलिसद्वारा एनआरटी ३–०ले पराजित

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबसँग न्युरोड टिम एनआरटी ३–० ले पराजित भएको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसलाई सहज जित दिलाउन निरकुमार राईले २ तथा अभिषेक रिजालले १ गोल गरे । खेलको ४१ औं मिनेटमा निरकुमारको गोलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । […]

सन्दीपको टीम केरलालाई टी–१० क्रिकेट लिगको प्लेअफमा पुग्न जित्नै पर्ने

काठमाडौं । यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो चरणको खेलमा नेपाली बलर सन्दीप लामिछानेको टिम केरला नाइट्सले आज नर्दन वारियर्ससँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ । सुपर लिगको पहिलो खेलमा पराजित भएको साविकको विजेता केरला आज जित निकाल्दै प्लेअफमा पुग्ने आशा जीवितै राख्ने लक्ष्यमा छ । केरला […]

युभेन्टस र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई र म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । युभेन्टसले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको लागि […]

ग्लोब अवार्डको मनोनयमा रानाल्डो, ग्रिजम्यान र एम्बापे

काठमाडौं । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान र फ्रान्स तथा पिएसजीका केलियन एम्बापे ग्लोब सकर अवार्ड अन्तरगको उत्कृष्ट खेलाडीको विधामा मनोनयन भएका छन् । युरोपियन क्लब एसोसिएसन (इसीए) र युरोपियन एसोसिएसन अफ प्लेयर एजेन्ट (इएफएए) को आयोजनामा हुने अवार्डका लागि आयोजकले सोमबार राती विभिन्ना विधाको मनोनयन सार्वजनिक […]