फिदिम माविलाई राष्ट्रपति रनिङ सिल्ड

फिदिम माविलाई राष्ट्रपति रनिङ सिल्ड

चैत्र ३, २०७९

पाँचथर — पाँचथरको फिदिम–१० मा आयोजना गरिएको जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्डमा फिदिम माध्यामिक विद्यालयले १५ वटा स्वर्ण पदकसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

राष्ट्रपति रनिङ शिल्डका विजेतालाई पुरस्कार वितरण गरिँदै
जिल्लाका ७ वटा स्थानीय तहका विद्यालय सहभागी रहेको प्रतियोगितामा फिदिम बिहीबार साँझ ढिला गरी सम्पन्न भएको प्रतियोगितमा नगरपालिकाले जितेका २० स्वर्ण, १५ रजत र ४ कास्यमध्ये फिदिम मावि एक्लैले १५ स्वर्ण,१३ रजत र ४ कास्य पदक हात पारेका हुन् ।

फिदिम माविले यो पदकसहित दोस्रोपटक राष्ट्रपति रनिङ सिल्ड जितेको हो । प्रतियोगितमा ११ स्वर्ण, ५ रजत, ६ कास्य पदक जित्दै याङवर दोस्रो तथा ६ स्वर्ण, ५ रजत र ३ कास्यसहित फाल्गुनन्द तेस्रो भयो ।

सहभागीमध्ये मिक्लाजुङले ६ स्वर्ण, ३ रजत, ४ कास्य पदक जित्दै चौथो र ४ स्वर्ण, ३ रजत र ४ कास्यको साथमा कुम्मायक गाउँपालिका पाँचौं भयो ।

प्रतियोगितामा फालेलुङले २ स्वर्ण ४ रजत र २ कास्य पदक जित्यो । आठवटा स्थानीय तह रहेको पाँचथरको तुम्बेवा गाउँपालिका भने प्रतियोगितामा सहभागी भएन । कमजोर व्यवस्थापनबीच प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकको आलोचना पनि भएको छ ।