स्ववियुलाई अब कमाइ खाने भाँडो बनाउन दिइने छैन: हरिकृष्ण गजुरेल, अध्यक्ष– अखिल (क्रान्तिकारी)

स्ववियुलाई अब कमाइ खाने भाँडो बनाउन दिइने छैन: हरिकृष्ण गजुरेल, अध्यक्ष– अखिल (क्रान्तिकारी)

तपाईले नेतृत्व गरेको अखिल (क्रान्तिकारी) अन्य अखिल (क्रान्तिकारी) भन्दा के अर्थमा फरक छ ? एउटै नामका धेरै संगठन हुादा आम विद्यार्थीमा भ्रम सिर्जना हुने र विद्यार्थी आन्दोलन उठान गर्न कठिनाई भएको छैन ?
– मैले नेतृत्व गरेको अखिल (क्रान्तिकारी) ले २०५२ साल फागुन १ गते जनयुद्ध शुरु गर्दा समग्र संकट समाधनको निम्ति मुलुकमा आमूल परिवर्तनको एजेण्डा उठाएर जनयुद्धमा होमिएपछि अखिल (क्रान्तिकारी)ले पनि शिक्षा र स्वास्थमा आमूल परिवर्तन अपरिहार्य छ, जुन सामान्य सुधारबाट सम्भव छैन भन्ने कुरा आम विधार्थी पंक्तिलाई बोध गराउँदै जनयुद्धलाई साथ दिंदै जनयुद्धमा होमियो । दिल बहादुर रम्तेल जनयुद्धको प्रथम शहीद बने । जसमा तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी लगायत कैयौँ विधार्थी नेताहरुले शहादत प्राप्त गरे भने तत्कालिक महासचिव पूर्ण पौडेलसहितका कैयौं विद्यार्थी नेताहरुलाई वेपत्ता बनाइयो । प्रचण्ड र बावुराम भट्टराई पटक पटक प्रधानमन्त्री भइसक्दा समेत वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गरिएको छैन । जनयुद्ध शुरु गर्दा उठाएका मुद्दाहरु अहिले पनि ज्युँका त्युँ छन् ।

आज प्रचण्ड निकट अखिल (क्रान्तिकारी) दलाल संसदीय राज्यव्यवस्थाको मतियार बन्न पुगेको छ । शैक्षिक माफिया र दलालहरुसँग मिलेर विधार्थीहरुको मुद्दा उठाएजस्तो गरेर अन्तत: विधार्थीको मुद्दा तुहाउने काम गरिरहेको छ भने हामीे विगतमा उठाएका शैक्षिक मुद्दा पुरा गराउनको लागि दृढताका साथ निरन्तर अगाडि बढीरहेका छौं । प्रचण्ड निकट अखिल (क्रान्तिकारी)ले विध्यार्थीहरुमा भ्रम सिर्जना गर्न खोजेता पनि पछिल्लो अवस्थमा ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले मात्र विधार्थीको हकहितको निम्ति संघर्ष गर्छ भन्ने कुरा ९० लाख विधार्थीहरुले राम्रोसंग बुझिसकेका छन् । प्रचण्ड निकट अखिल (क्रान्तिकारी) ले जतिसुकै ढाँटछल गरेर भ्रम सिजर्ना गर्न खोजे पनि त्यो भ्रमबाट आमुल परिवर्तन चाहने, शिक्षा र स्वास्थ पुर्ण रुपमा राष्ट्रियकरण गर्न, नि:शुल्क एवं सर्वसुलभ हुनुपर्छ भन्नेहरु आज सबै भ्रमबाट मुक्त भएका छन् र कमरेड मोहन बैद्य किरण नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले मात्र शिक्षा र स्वास्थ क्षेत्रमा आमुल परिवर्तनको वास्तविक नेतृत्व गर्न सक्छ र गर्दछ भन्ने कुरा आम विधार्थीहरुले प्रष्ट रुपमा बुझिसकेका छन् ।

अखिल (क्रान्तिकारी) व्यवस्थाका विरुद्ध सडक संघर्षको गौरवशाली इतिहास बोकेको संगठन हो । अहिले यो संगठनले आफ्नै विगतको त्यो इतिहासमाथि किन न्याय गर्न सकिरहेको छैन ?
–अखिल (क्रान्तिकारी) निरन्तर रुपमा शिक्षा र स्वास्थ्यलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवं दलाल संसदीय व्यवस्थाको विरुद्ध निरन्तर सडक संघर्ष गर्दै आइरहेकै छ । आफ्नो सापेक्षतामा हरेक प्रकारका संघर्षहरुमा नेतृत्वदायी भमिका निर्वाह गर्दै अगाडि बढिरहेका छौं । आम उत्पीडित, उपेक्षित र सबै प्रकारका शोषणमा परेकाहरुको आशा र भरोसाको केन्द्रको रुपमा अहिले पनि यो संगठन स्थापित र अपेक्षित छ । निरन्तर संघर्षका कार्यलाई अगाडि बढाएर नै त्यो गौरवशाली इतिहासमाथि न्याय गर्न सकिन्छ भन्नेमा हामी स्पष्ट छौं । अरु विद्यार्थी संगठनहरु, तिनका नेताहरु पद, प्रतिष्ठा र पैसामा लिप्त हुन पुगेका छन् । शैक्षिक र राजनीतिक मुद्दाका विषयलाई केन्द्रमा राखेर निरन्तर संघर्षको झण्डा उठाउने र हरेक सडक संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने हाम्रो कोशिस निरन्तर रुपमा जारी रहेको छ ।


विद्यार्थी आन्दोलन मुर्झाउनु, शिथिल हुनु, विघटित र बिसर्जित अवस्थामा पुगेजस्तो देखिनुमा कारणहरु के के रहेका देख्नुहुन्छ ?
पञ्चायती व्यवस्थामा पार्टीहरु प्रतिबन्धित हुँदा पार्टीहरुले खेल्ने भुमिका समेत विद्यार्थी संगठनको माध्यमबाट हुने गर्दथ्यो भने पछि विद्यार्थी संगठनको भुमिकाका सशक्त प्रतिपक्षी हुन्थ्यो । बहुदलीय व्यवस्था आइसकेपछि पनि विद्यार्थी संगठनहरुको भुमिका प्रतिपक्षीय नै रहेको थियो तर पछि सरकारले जे जस्ता नराम्रा कामहरु गरेपनि चुपचाप बस्ने, विधार्थी संगठन पनि सत्ता पक्षीय र प्रतिपक्षीय हुने, पद, पैसा र प्रतिष्ठाको निम्ति मरिहत्ते गर्ने र मन्त्रीका स्वकीय सचिव बन्नको लागि तछाड मछाड गर्न शैक्षिक माफियासँग मिलेर पैसाको लागि विधार्थीका मुद्दाहरु बेचेर ऐस, आराम, आलिसानमा रमाउने प्रकृति संसदवादी विद्यार्थी संगठनका नेताहरुमा जब्बर रहेको कारणले विद्यार्थी आन्दोलन पुर्याउन पुगेको हो तर हामीले मुर्झाउन पुगेको शिथिल र विघटित जस्तो देखिएको विद्यार्थी आन्दोलनलाई रक्त सञ्चार गराउने काम केवल हाम्रो संगठनले मात्र गर्दै आइरहेको छ । जुन कुरा शिक्षा र स्वास्थ लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई समाधानको निम्ति निरन्तर हाम्रो संगठनले मात्र संघर्षको नेतृत्व गर्दै आइरहेकोबाट पुष्टि हुन्छ ।

अहिलेको जल्दाबल्दा शैक्षिक मुद्दाहरुलाई तपाई नेतृत्वको संगठनले के कसरी अगाडि बढाउँदै छ ?
–अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण व्यापारीकरण, दलालीकरण, र माफियाकरण हावी बन्दै गइरहेको छ । यतिसम्म शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा पुगेको छ । सरकार र संसदवादी पार्टीका नेताहरु ती शैक्षिक माफियालाई संरक्षण गर्न तल्लिन छन् भने हाम्रो संगठन शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेको सबै प्रकारका विकृति, विसंगति एवम् निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध नेतृत्वदायी भुमिकामा रही निरन्तर संघर्ष संचालन गर्दै आइरहेको छ र यी मुद्दाहरुमा समाधान नहुँदासम्म संघर्षलाई थप सशक्त बनाउँदै निरन्तर अगाडि बढाइरहेको छौं । साथै राष्ट्रिय स्वाधीनताको रक्षा एवं राष्ट्रघती सन्धि सम्झैता खारेजको निम्ति समेत हाम्रो संगठनले अग्रमोर्चामा रहेर नेतृत्वदायी भुमिका गर्दै संघर्षलाई आगाडि बढाइएको छ भने आगामी दिनमा पनि संघर्षलाई निरन्तर अगाडि बढाइरहने छ ।

तपाईहरु स्ववियु निर्वाचनको तयारीमा पनि जुटिरहनु भएको छ । किन लड्दै हुनुहुन्छ स्ववियु निर्वाचन ? तयारी कसरी गरिरहनु भएको छ ? सम्भावना र चुनौती के कस्ता छन् ?
– स्वतन्त्र विद्यार्थी युनियनलाई विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न क्याम्पसहरुमा भएका र हुने विकृति, विसंगति, ज्याजति, व्यथिति जस्ता सबै प्रकारका गलत क्रियाकलापहरुको अन्यायको लागि संघर्ष गर्ने थलोको रुपमा स्ववियुलाई जीवन मरणको रुपमा लिने गरेका छन् । उनीहरु स्ववियुमा पुगेपछि आफ्नो स्वार्थसिद्ध गर्नको लागि जे पनि गर्दछन् । क्याम्पस प्रशासनसँगको मिलोमत्तोमा स्रोत र साधानहरुको दुरुपयोग गर्न चरम भ्रष्टाचार गर्न ठेक्कापट्टामा लिप्त हुने, विद्यार्थीहरु हकहितको लागि काम गर्ने होइन केवल स्ववियुलाई कमाइ खाने भाँडोको रुपमा लिने परिपाटी बन्न पुगेको छ । जुन कुरालाइ जरैदेखि उखेलेर फाल्न अहिलेको अपरिहार्यता भएको स्ववियुलाई संघर्षको मोर्चाको रुपमा हामीले लिएका छौं । क्याम्पसमा हुने हरेक पररकारका विकृति, विसंगति एव भ्रष्टाचार जस्ता क्रियाकलापहरुको अन्त्यका लागि संघर्ष जरुरी भएकाले हामी स्ववियु निर्वाचनमा लड्दै छौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी) र नेकपा (मशाल) निकट अखिल (छौठौ) गरी तीनवटा संगठनको एउटै प्यानल बनाएर हामी स्ववियु चुनाबमा होमिएका छौं । किनकि तीनवटा पार्टी विच छिट्टै पार्टी एकता हुँदैछ । त्यसकारण आम विद्यार्थीहरु बिच हामीले आफ्ना मुद्दालाई लिएर गइरहेका छौं ।


अहिलेको अवस्थामा हाम्रो सामु सम्भावना र चुनौती दुवै उत्तिकै टडकारो रुपमा देखिन्छन् । वर्तमानलाइ हेर्दा बढि चुनैती र भविष्यलाइ हेर्दा सम्भावन प्रवल छ । किनकि संसदवादी पार्टी निकटका विद्यार्थी संगठनहरु स्ववियुलाई जसरी भएपनि जित्नको लागि मरिहत्य गरिरहेका छन् । तर हामी भने विद्यार्थीको वास्तविक मुद्दाहरुलाई लिएर स्ववियु चुनावमा गएका छौ । अन्तत: यसबाट उनीहरु सिद्धान्तविहीन र एजेण्डाविहीन बन्न पुगेका छन् । यो निर्वाचनबाट हामीले हाम्रा एजेण्डाहरुलाई स्थापित गर्ने छौं । जसबाट क्रान्तिको आधार तयार पार्न सहयोग पुग्नेछ ।

अन्तमा, निर्वाचनमा मतदान गर्न तयार भएर बसेका आम विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ? के सन्देश दिन चाहनु हुनन्छ ?
अहिलेको शिक्षा प्रणाली जीवन ब्यवहारसंग जोड्ने भन्दा पनि रटाउने र घोकाउने खालको छ । नेपालको वास्तविक यथार्थ र धरातलसंँग मेल खाने शिक्षा नभएको हुँदा शिक्षालाई जीवन व्यवहारसंँग जोड्न वास्तविक यथार्थता र धरातलसंग मेल खाने, सीपमूलक जनवादी, वैज्ञानिक, अनुसन्धानात्मक व्यवहार एवम् व्यवस्थासँंग जोड्ने खालको शिक्षा नीति अवलम्बन गरिनुपर्छ । त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्नुपर्छ । शिक्षा र स्वास्थ्य नि:शुल्क एवम् सर्वसुलभ हुनुपर्छ । यसको जिम्मा राज्यले लिनुपर्छ । आम जनताहरुको शिक्षा र स्वास्थ्यको अधिकारबाट वन्चित नहुने वातावरण तयार गरिनु पर्छ । संसदवादी पार्टी र ती निकटका विधार्थी संगठनहरु स्ववियु निर्वाचनलाई सत्ताको रुपमा लिने र जसरी भएपनि चुनाव जित्ने ध्याउन्नमा लाग्ने गर्छन् र अहिले पनि त्यही गरिरहेका छन् तर हाम्रो संगठनले भने स्ववियुलाई विद्यार्थीहरुको हक अधिकारको निमित्त संघर्ष गर्न थलोको रुपमा लिने गरेको छ । यतिसम्म कि स्ववियुलाई विकृत बनाउने काम समेत संसदवादी पार्टी निकट विद्यार्थी संगठनहरुबाट विगतदेखि नै हुँदै आएका छन् । हामी स्ववियुमा हुने सबै प्रकारका गलत कियाकलाप विरुद्ध संघर्ष गर्ने र विद्यार्थीका समस्याहरु समाधानको निम्ति लड्ने छौं । स्ववियु सघर्षको मोर्चाको रुपमा अगाडि बढाउने हुँदा क्याम्पसमा हुने अवाञ्छित गलत क्रियाकलापहरुको समूल अन्त्यको लागि सशक्त भूमिका निर्वाह गर्ने, क्याम्पस प्रशासनसंँग मिलेर गरिने सबै प्रकारका गलत कामको अन्त्य गर्ने, राजनीतिक भागबण्डाका आधारमा नियुक्ति, ठेक्का–पट्टा, भ्रष्टाचार जस्ता गतिविधिको अन्त्य गर्ने, क्याम्पस हाताभित्र अध्ययनमैत्री वातावरण तयार गर्ने, शिक्षाको गुणस्थरमा विकास गर्ने,समग्र वेथिति, विकृति एवम् विसंगतिका साथसाथै आवश्यकीय भैतिक पुर्वाधार निर्माणका निम्ति भूमिका निर्वाह गर्ने र सबै प्रकारका गलत क्रियाकलापहरुलाई पुर्णरुपमा अन्त्य गरी स्वच्छ, मर्यादित, सरल र सहज ढंगले विद्यार्थी, प्राध्यापक, शिक्षक, कर्मचारी लगायत सबैलाई आफ्नो काम कर्तव्य एवं जिम्मेबारी बोध गराउने र जवाफदेही बनाउने लगायतका एजेण्डाहरु लिएर हामी स्ववियु निर्वाचनमा सहभागि भएका छौं ।

अन्तमा, यो स्ववियु निर्वचनमा संगठनका विचार र स्ववियु निर्वाचन सम्बन्धी धारणाहरु सम्पूर्ण आम विद्यार्थी साथीहरु, दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष पुर्याइदिने अवसर दिनुभएकोमा यहाँहरुको जनप्रिय मिडियालाई धन्यवाद दिंदै सम्पुर्ण विधार्थी साथीहरुलाई एम.सी.सीका पक्षधर पार्टी निकट विद्यार्थी संगठनका उम्मदेवारहरुलाई दरिलो चोट र अखिल(क्रान्तिकारी) संयुक्त र अखिल (छैटौं) का उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर जिताउनु हुन पनि हार्दिक अनुरोध एवम् अपिल गर्दछु ।