युनाइटेड क्वाटरफाइनलमा, आर्सनल बाहिरियो

युनाइटेड क्वाटरफाइनलमा, आर्सनल बाहिरियो

चैत्र ३, २०७९
पेरिस — मार्कस रसफोर्डको गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले बिहीबार रियल बेटिसलाई १–० ले पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । रसफोर्डले ५५ औं मिनेटमा गोल गरे र यससँगै युनाइटेड समगूमा ५–१ ले अगाडि रह्यो ।

इंग्सिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने भाग्यमानी रहेन र टाइब्रेकरमा स्पोर्टिङ लिस्वनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । इमिरेट्समा भएको दोस्रो लेगको खेल १–१ को बराबरी रह्यो ।

यससँगै दुवै टिम समग्रमा ३–३ को बराबरीको स्थितिमा रहेको थियो । लिस्वन टाइब्रेकरमा ५–३ ले विजयी रह्यो । अन्य खेलबाट फायनउड, सेभिया, युभेन्ट्स, बायर लेभकुजन, एएस रोमा र युनियन सेन्ट गिलोस पनि अन्तिम आठको चरणमा पुगेका छन् ।