ब्राइटन सातौं स्थानमा

ब्राइटन सातौं स्थानमा

चैत्र २, २०७९

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा ब्राइटनले बुधबार क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ र यससँगै अंक तालिकको सातौं स्थानमा उक्लेको छ । अब ब्राइटनले अर्को सिजन युरोपमा खेल्ने सपना बुन्न सक्नेछ ।
खेलको एक मात्र गोल सोली मार्चले गरे । यो जितपछि ब्राइटनको ४२ अंक भएको छ । प्यालेस भने १२ औं स्थानमा रह्यो । बिहीबारको अर्को खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई २–० ले हरायो ।

ब्रेन्टफोर्डका लागि इभान टोनीले एक गोल गरे भने अर्को गोलमा अवसर पनि सिर्जना गरे । ब्रेन्टफोर्ड ४१ अंकमा आठौं स्थानमा रहेको छ । साउथह्याम्पटन भने २२ अंक पुछारमा रहेको छ ।