चैत २ , काठमाडौँ
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईका ब्याटरले नेपाली बलरलाई नराम्ररी चुटेका छन्।
विश्वकप छनोट क्रिकेटमा पुग्ने जित्नै पर्ने खेलमा पहिले बलिङ गरेको नेपाल नराम्ररी चुटिएको हो।
नेपालविरुद्ध आशिफ खानले ४१ बलमै शतक बनाइदिए। नेपालले ३११ रनको लक्ष्य पाएको खेलमा आशिफले ४२ बलमा १०१ रन बनाउँदै नट आउट रहे।
उनले आफ्नो पारीमा चार चौका र ११ छक्का पनि हानेका थिए।