आजकै दिन : तेन्दुलकरको सयौं शतक

आजकै दिन : तेन्दुलकरको सयौं शतक

चैत्र २, २०७९

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (मार्च १६) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय खेलमा सयौं शतक हानेका थिए । उनी सयवटा शतक पूरा गर्ने पहिलो ताथ एकमात्र खेलाडी हुन् ।

उनले एकदिवसीयमा ५१ र टेस्टमा ४९ सेन्चुरी बनाएका हुन् । तेन्दुलकरले १६ वर्षको उमेरमा १९८९ मा भारतीय टिमबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनले ६ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ३४ हजार ३ सय ५७ रन बनाएका छन् । जुन दोस्रो स्थानमा रहेका श्रीलंकाका क्रिकेटर कुमार सांगाकाराको भन्दा ६ हजार रन बढी हो ।

क्रिकेट दुनियाँका सर्वकालीन महान् ब्याट्सम्यानको परिचय बनाएका तेन्दुलकरले एकदिवसीय खेलमा १८ हजार ४ सय २६ र टेस्ट म्याचमा १५ हजार ९ सय २१ रन बनाएका छन् । भारतको महाराष्ट्रमा १९७३ मा जन्मिएका तेन्दुलकरले २०१३ को नोभेम्बरमा खेल जीवनबाट संन्यास लिएका हुन् । तेन्दुलकरले २०१० फेब्रुअरी २४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन बनाएका थिए । त्यसक्रममा उनले २५ चौका र ३ छक्का बनाएका थिए ।

त्यसयता भने दुई महिलासहित १० खेलाडीले एकदिवसीय खेलमा दोहोरो शतक बनाएका छन्  । रोहित शर्मा ९तीन पटक०, मार्टिन गुप्टिल, अमेलिया केर, बेलिन्दा क्लार्क, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान, इशन किसन, शुबम गिलले दोहोरो शतक बनाइसकेका छन्  । एकदिवसीय खेलमा हालसम्मकै ठूलो व्यक्तिगत स्कोर भने रोहित शर्माले बनाएका छन्  ।