आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल असार २२ गते निधन भएको भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा ४ नंं प्रदेशको इन्चार्जको जिम्वेवारी बहन गरिरहेको अवस्थामा अचानक फोक्सोमा क्यान्सर देखिएपछि उपचारको क्रममा उहाँको निधन भएको थियो […]

शुल्क असुली र एमसीसीको विरोधमा अखिल (क्रान्तिकारी)ले ग¥यो विरोध प्रदर्शन

काठमाडौं । अनलाइन कक्षा सञ्चालनको नाममा निजी विद्यालयहरुले जथाभावी विद्यार्थी तथा अभिभावकसँग शुल्क असुली गरिरहेको भन्दै अखिल (क्रान्तिकारी)ले आइतबार विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शनमा अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी सम्झौता खारेजीको पक्षमा समेत चर्को नाराबाजी गरेको थियो । लकडाउन अवधिभरको शुल्क असुली बन्द गर, अमेरिकी साम्राज्यवाद […]

प्रहरी दमनको घोर विरोध गर्दै क्रान्तिकारी माओवादी ३ नं. प्रदेशले भन्यो– ‘खोकना र बुङ्मतीका जनताको माग शिघ्रातीशिघ्र सम्बोधन गर !’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेको घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा […]

खोकनाका किसानमाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध (वक्तव्यसहित)

काठमाडौं । २०७७ असार २० गते ललितपुर महानगरपालिकाको खोकनास्थित सिकालीको खुडोलमा सशस्त्र प्रहरीले धान रोप्न गएका स्थानीय किसानहरुलाई धान रोप्न अवरोध गर्नुका साथै जनतामाथि लाठी चार्ज, अश्रुग्यास तथा हवाइ फायर गरी नृशंस दमनमा उत्रिएको र त्यस क्रममा दर्जनौंको सङ्ख्यामा स्थानीय जनता गंभीर घाइते भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले ओली सरकारको यस किसानविरोधी व्यवहार र क्रुर […]

खोकनाबासीमाथि गरिएको प्रहरी दमनको नेवाः मोर्चाले ग¥यो घोर विरोध, फास्टट्रयाकको जेरो प्वाइन्ट महानगरबाहिर डुकुछापमा लान जोरदार माग

काठमाडौं । असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेका घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा एंव् भत्सर्ना गर्दै क्षोभ प्रकट गरेको छ र […]

ओलीसँग आत्मसमर्पण गर्ने पार्टी फुटाउने ? : संकटमा प्रचण्ड

काठमाडौं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने चट्टानी अडानमा केपी शर्मा ओली देखिएपछि डबल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग आत्मसमर्पण गर्ने कि पार्टी फुटाउने संकटपूर्ण स्थितिमा पुगेका छन् । ९ सदस्यीय सचिवालयमध्ये ६ जना, ४४ सदस्यीय स्थायी समिति सदस्यमध्ये ३० जनाले एकस्वरमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन माग […]

एमसीसीका विरुद्ध निरन्तर सडक संघर्षमा क्रान्तिकारी माओवादी : बुधबार काठमाडौंमा गरियो नाराजुलुससहित विरोधसभा (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा एमसीसी खारेजीको जारी संघर्ष अन्तर्गत बुधबार विरोध जुलुससहित विरोधसभा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट अमेरिकी साम्राज्यवाद मूर्दावाद, एमसीसी सम्झौता खारेज गर, विदेशी दलाल शासकहरु मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिन्दावाद लगायत नारा लगाउँदै जमल, भोटाहिटी […]

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखीलाई पितृशोक, पार्टी र देजमोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखीलाई पितृशोक परेको छ । उहाँका बुबा दाङ तुलसीपुर निवासी पं.देवीराम पौडेलको ८३ बर्षको उमेरमा बुधबार विहान निवासमै निधन हुन पुगेको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो । दिवंगत देवीराम पौडेल नेकपा (क्रान्तिकारी माओवादी)को तुलसीपुर नगर […]

फुटको संघारमा डबल नेकपा ?

काठमाडौं । आन्तरिक कलह अस्वस्थ रुपमा चुलिदै जाँदा सत्तारुढ डबल नेकपा फुटको संघारमा पुगेको छ । जारी स्थायी समितिको बैठकमा पार्टी सचिवालयका पाँच सदस्यसहित अधिकांश स्थायी समितिका सदस्यहरुले एकस्वरमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि नेकपा फुटको संघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । आफूलाई भारतले प्रधानमन्त्रीबाट […]

एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले भक्तपुरमा ग¥यो विरोध जुलुस र सभा

भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरले सोमबार भक्तपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै जुलससहित विरोधसभा सम्पन्न गरेको छ । टौमढीबाट शुरु भएको जुलुस नगरपरिक्रमा गरी च्याम्हासिंहमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई क्रान्तिकारी माओवादी भक्तपुर जिल्ला सेक्रेटरी विवेक सम्बोधन गरेका थिए । उनले एमसीसी अमेरिकी साम्राज्यवादको हतियार भएको स्पष्ट पार्दै यसले नेपालको प्राकृतिक श्रोत […]