टर्कीमा प्रहरी, शिक्षक र कर्मचारीसहित एकैपटक ७ हजार बर्खास्त

एजेन्सी । टर्कीमा गत वर्ष भएको असफल सत्तापलटको प्रयास एक वर्षपछि प्रहरी, मन्त्रालयका अधिकारी, कर्मचारी र शिक्षकसहित करिब ७ हजार बर्खास्तगीमा परेका छन् । यो कारबाही न्यायपालिका, प्रहरी र शिक्षासँग जोडिएका सरकारी संस्थाहरुलाई शुद्धिकरण गर्ने कदमका रुपमा ब्याख्या गरिएको छ । गत बर्षको जुलाई १५ मा सैनिकको एउटा समूहले मध्यरातमा सत्ता पल्टाउने प्रयास गरेपनि असफल […]

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले घोषणा गरे भारतीयलाई नै शत्रु

गान्तोक । भारतको सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले आफ्नो राज्यमा आउने खाद्यान्न रोक्ने भारतीयहरु लाई शत्रुको संज्ञा दिएका छन् । उनले ३२ वर्षदेखि आफ्नो सानो राज्यले अनेक दुःख भोग्दै आएको भन्दै उनले अहिले सिक्किको विकास देखेर ईष्र्या गर्नेहरु र खाद्यान्न र पेट्रोल रोक्नेहरु सिक्किमे जनताका दुश्मन भएको उनको भनाई थियो । राजधानी गान्तोकमा उनले भने, ‘जसले […]

मेक्सिकोमा बच्चाको पार्टीमा गोलीबारी हुँदा ११ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका सहरमा नकाबधारी बन्दुकधारीले बच्चाको जन्मदिन पार्टीमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । प्रहरले घटनास्थलबाट तीन जना बच्चाहरुलाई जिउँदो अवस्थामा फेला पारको जनाएको छ । यद्यपि पार्टीमा सहभागी अन्य ११ जना वयस्कको गोली लागेर मृत्यु भएको छ । सहरका रिहायशी इलाकाको एक घरमा बाहिर टेन्ट लगाएर जन्मदिन पार्टी […]

नोबेल शान्ति पुरस्कार विजेता लिउ जियाओबो क्यान्सरका कारण मृत्यु

एजेन्सी । चीनका नोबेल शान्ति पुरस्कार बिजेता लिउ जियाओबोको निधन भएको छ । ६१ वर्षीय लिउ जियाओबो चिनियाँ राज्य व्यवस्थाविरुद्ध आवाज उठाउनुका साथै मानवअधिकारका पक्षमा कथित वकालतका कारण जेल जीवन बिताउँदै आएका थिए । केही समयदेखि गम्भीर विरामी रहेका उनको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो । क्यान्सर रोगसँग लडिरहेका उनलाई गत महिना जेलबाट […]

एफबीआई निर्देशक रेले भने, ‘ट्रम्पको निर्वाचन अभियानमाथिको छानविन निशाना बनाएर गरिएको होइन’

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका नयाँ निर्देशक क्रिस्टोफर रेले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको छानविनलाई ‘निशाना बनाएर कारबाही गर्ने’ नियतबाट भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको खण्डन गरेका छन् । उनले यसलाई निशाना बनाएर गरिएको अनुसन्धान बन्न नमिल्ने स्पष्ट पारेका छन् । उनले रुसी हस्तक्षेप भए/नभएकोबारे जारी छानविनमा संलग्न एफबीआईका पूर्व निर्देशक रोबर्ट […]

श्रीमानले जुवाको खालमा हारेपछि दुई जनाद्वारा सामूहिक बलात्कार

एजेन्सी । भारतमा आफ्नै श्रीमतीलाई जुवाको खालमा राखेर हारेको घटना सार्वजनिक भएको छ । जुवामा आफ्नो सबै नगद गुमाइसकेका एक व्यक्तिले पत्नीलाई समेत दाउमा राखेर जुवा खेलेको र जित्ने कथित दुई जनाले घर मै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको हो । इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा […]

एकैपटक पाँच विमान ठोक्किनबाट जोगिए, टर्‍यो भयानक दुर्घटना

अमेरिकी फेडरल एभिएशन एडमिनिस्ट्रशन (एफएए) ले सन फ्रान्सिस्को विमानस्थलमा एयर क्यानडाको एक फ्लाइट अन्य चार वटा विमानसँग ठोक्किनबाट बचेको घटनाको जाँच सुरु गरेको छ । गत शुक्रबार टोरोन्टोबाट सन फ्रान्सिस्को आएको एसी ७५९ फ्लाइटको ल्याण्ड गर्नका लागि कुनै अवरोध थिएन, तर पाइलटले सो फ्लाइटलाई अन्य चार विमान फ्लाइटका लागि तयारी अवस्थामा रहेको स्थानमा पुर्‍याएका थिए […]

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा, ट्रम्पकै छोराको ईमेल सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसलाई पठाएको गोप्य इमेल सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे चर्को विवाद चलिरहेका बेला ट्रम्पका छोराले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् । जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका […]

अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्ट, १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिपीको ग्रामीण क्षेत्रमा विमान दुर्घटना भएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । केसी–१३० विमान दुर्घटना भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि सो विमान प्रयोग हुने गर्दथ्यो […]

विद्रोहीको आक्रमणमा परी कश्मीरमा सात हिन्दू तीर्थयात्रीको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्रोहीको हमलामा परी ७ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ । दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी उनीहरुको मृत्यु भएको हो । विद्रोहीको हमलामा परी मृत्यु भएकामध्ये ६ जना महिला रहेका छन् । कश्मीर भारतको एक मात्र मुसलमान बहुल राज्य हो । कश्मिरको अनन्तनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...