बिम्स्टेकमा भारतीय दादागिरी !

काठमाडौं । नेपालमा भदौ १४ र १५ गते दुई दिन हुन गइरहेको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भारतीय दादागिरी चरम रुपमा अभिव्यक्त हुँदै गइरहेको छ । यसलाई सहभागी राष्ट्रहरुले पनि राम्रो गरी पचाउन सकिरहेका छैनन् । पहिलो कुरा त नेपाल आफैमा बिम्स्टेकको हालको अध्यक्ष राष्ट्र हो । यसले आफ्नै देशमा चौथो शिखर सम्मेलनको आयोजना पनि गरिरहेको […]

बौद्धिक व्यक्तित्वहरुको अपील : ‘कवि बरबर रावलगायतलाई अविलम्ब रिहा गरियोस्’

काठमाडौं । नेपालकाे प्रगतिशील तथा क्रान्तिकारी धारमा क्रियाशिल बौद्धिक व्यक्तित्वहरुले एक अपील जारी गर्दै केही दिनयता भारतको केन्द्रीय सत्ताले वामपन्थी विचार राख्ने तथा सत्ताका फासिवादी व्यवहारको आलोचना गर्ने केही राष्ट्रियस्तरका लेखक, प्राध्यापक, वकिल, अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरुविरुद्ध व्यापक धरपकड, खानतलासी र मानसिक यातना दिने जस्ता काम गरिरहेकोप्रति गम्भीर रुपले ध्यान आकृष्ट भएको भन्दै कवि वरवर […]

क्रान्तिकारी माओवादीसम्बद्ध सात संगठनको संयुक्त माग : ‘बरबर रावलगायत गिरफ्तार सबैलाई अविलम्ब रिहाई गर’

 काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट प्राध्यापक, बुद्धिजीवी, जनसाँस्कृतिक महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, अनेमसंघ (क्रान्तिकारी), अखिल नेपाल ट्रेड यूनियन महासंघले संयुक्त रुपमा वक्तव्य जारी गर्दै भारतीय बुद्धिजीवी, लेखक, कानुनविद, सञ्चारकर्मी, मानवअधिकारवादी तथा प्रोफेसरहरुको अविलम्ब रिहाईको माग गरेका छन् । उनीहरुले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “आफूलाई प्रजातन्त्रको अद्वितीय नमूना र प्रेरक ठान्ने विस्तारवादी भारतीय […]

‘बौद्धिक व्यक्तित्वको गिरफ्तारी : भारतीय प्रतिक्रियावादी सरकारको चरम निरंकुशता’: क्रान्तिकारी माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै भारतीय सरकारले २८ अगस्तमा विभिन्न सामाजिक तथा बौद्धिक क्षेत्रमा क्रियाशील बुद्धिजीवी, कवि, लेखक, कानुनविद्, पत्रकार तथा मानवअधिकारकर्मीहरुलाई गरेको गिरफ्तारीको दृढ विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बुधबार जारी गरिएको वक्तव्यमा क्रान्तिकारी माओवादीले यो कदमलाई आफूलाई लोकतन्त्रको मसिहा बताउने भारतीय प्रतिक्रियावादी […]

मोदीको हिन्दू फासिवादी सरकारद्वारा प्रतिष्ठित वामपन्थीहरुमाथि भारतभर दमन र धरपकड

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले नेपालमा यही भाद्र १४ र १५ गते हुन गइरहेको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउन लागेको पूर्वसन्ध्यामा भारतभरका वामपन्थी नेता तथा कार्य कर्ताहरुलाई भारतीय पुलिस लगाएर गिरफ्तार गर्न लगाएका छन् । मंगलवार भारतभर भएको यो खाले गिरफ्तारीमा जनताका बीचमा लोकप्रियता प्राप्त गरेका नेता तथा कार्यकर्ताहरु पनि रहेका छन् । गिरफ्तार […]

यसरी गरिंदै छ रुसमा ‘भोस्टोक सैन्य’ अभ्यास

काठमाडौं । रुसले सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिन भोस्टोक सैन्य अभ्यास गर्ने भएको छ । यो अभ्यासमा आयोजक राष्ट्र रुसमात्र नभएर चीन, मंगोलिया र अन्य पनि जोडिने भएका छन् । सोभियत रुसछँदा गरिएको भन्दा ठूलो सैन्य अभ्यासका रुपमा यसलाई लिइएको छ । पश्चिमाहरुले यसले स्टालिनको पालाको संझना गराएको भनी टिप्पणी गरेका छन् […]

तस्करीको सुनले बजार ढाक्दै

काठमाण्डौं । तिज, दशैं र तिहार जस्ता ठूला चाड पर्वहरु नजिकिदै गर्दा बजारमा सुनको अभाव भएको बताइएको छ । आफूलाई मन परेका गहनाहरु बनाउन सुन पसलमा पुगेका ग्राहकहरुलाई गहना बनाउने कच्चा सुन नभएको भनेर रेडिमेड सुन पनि महंगो भाउमा बिक्रि गर्दै गरेको ग्राहकहरुको गुनासो छ । सरकारले बजारमा दैनिक २० किलो सुन राष्ट्र बैंक मार्फत् […]

गुगलमा वामवर्चस्व देखेर ट्रम्प चकित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुगलमा केही सयम रम्न पुग्दा वाम वर्चस्व देखेपछि आश्चर्य चकित हुन पुगेका छन् । उनले आजको विश्व कस्तो छ भनी गुगलमा हेर्ने चाहना गरेलगत्तै यस्तो आश्चर्यमा पर्न पुगेको उनी आफैले ट्वीट गरेर सार्वजनिक गरेका थिए । गुगलमा नजर दौडाए लगत्तै उनी आफ्नो व्यक्तिगत एपमा पनि प्रवेश गरे । आफ्नै […]

राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागि आवाज उठाइदिन भन्दै क्रान्तिकारी माओवादीलाई ज्ञापन पत्र

काठमाडौं । प्रतिनिधिसभामा सरकारको तर्फबाट प्रस्तुत गरिएको ‘नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७५’ राष्ट्रघाती रहेको भन्दै त्यसका लागि आवाज उठाइदिन भन्दै राष्ट्रिय जागरण परिषद्ले नेकपा (क्रान्तिकारी माओवादी)लाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले नागरिकताको विषय असाध्यै संवेदनशील रहेको भन्दै विधेयकको राम्रोसँग अध्ययन गरी राष्ट्रघाती रहेको ठहर भए उक्त विधेयक […]

जाँचबुझ आयोग नै शंकाको घेरामा

काठमाडौं । समाज कल्याण परिषद्मा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोग नै यतिबेला शंकाको घेरामा परेको देखिएको छ । जाँचबुझ आयोगले समेत २९ साउनको सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लत्याएर परिषद्को छानविन प्रक्रिया अगाडि बढाएको देखिन आएको छ । २९ साउनको सर्वोच्च अदालतले डिल्लीप्रसाद भट्टलाई परिषद्को सदस्य सचिवको रुपमा कामकाज गर्न […]